Headlines News :
Home » » अव प्रहरी हाँस्लान ?

अव प्रहरी हाँस्लान ?

Written By Unknown on Tuesday, October 30, 2012 | 2:26 AM


१४ कात्तिक, काठमाण्डौं । हामीकहाँ प्रहरी किन रुखो व्यवहारका लागि परिचित छन् ? महानिरीक्षक कुवेरसिंह रानाले आफ्नो १४ महिने कार्याकालबाट सिद्ध गराउन खोजेको सवैभन्दा पहिलो उद्देश्य हो, ‘प्रहरी सेवाग्राहीसँग मनैदेखि हासुन् ।’ हाँसेर गरेको ‘सर्भिस डेलिभरी’ पक्कै राम्रो हुन्छ ।
रानाले यो उद्देश्य पूर्ति गर्न जवान भर्ती पक्रियामै परिवर्तन ल्याउने भएका छन् । उनले नयाँ भर्ना र तालिम पद्धतिमै आमूल परिवर्तन गरिने बताए । ‘जवानहरुलाई तालिम दौरान इन्ड्युरेन्स (सहनशीलता) का नाममा इन्ह्युमन (अमानवीय) अवस्था र व्यवहारमा राख्ने परम्परा चल्दै आएको छ, उनले भने, ‘त्यस्तो तालिमबाट आएको प्रहरीले जनतामाझ गएर कस्तो व्यवहार गर्ला ? यसप्रति अव सोच्ने बेला आएको छ ।’
नेपाल प्रहरीले २१ औं शताब्दीको वैज्ञानिक युगमा पनि बेलायती साम्राज्यले तत्कालीन उपनिवेश राष्ट्रहरुमा मिससिया भर्ती गर्दा प्रयोग गरेको तालिम पद्धतिनै अपनाउँदै आएको खबर कान्तिपुरले छापेको छ । यो पद्धतिमा भर्ती भएको मानिसले हाकिमले जे अह्रायो त्यो गर्नुपर्छ, अह्राउने जस्तोसुकै होस, जेसुकै गरोस् । वि.सं. २०१२ मा नेपाल प्रहरी गठन हुनुपूर्व नेपालमा पनि प्रहरीको काम राणा शासकहरुले अंग्रेजहरुको सिको गर्दै नियुक्ति गरेका मिलिसियाहरुबाट हुन्थ्यो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved