Headlines News :
Home » » अनुरागीको साथमा दशहरा रमझममा झुमे कुवेतबासी नेपाली

अनुरागीको साथमा दशहरा रमझममा झुमे कुवेतबासी नेपाली

Written By Unknown on Monday, October 22, 2012 | 8:14 PM

कुबेत । लोक आधुनिक गायक एबम संगीतकार बिबी अनुरागीको साथमा “लालीगुराँस अनुरागी म्युजिकल सो” दशहरा रमझमका सम्पन्न भएको छ ।
कार्यक्रममा लालीगुराँसका कलाकारहरुले ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ, जुनकिरी झैँ ज्योति बाली अन्धकारमा चम्किन्छ’ भन्ने देशप्रेमी गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा गीतमा बालकलाकार सुरूची थापाले ‘तिनपाते डाडा काटेर कहाँ गयौ सारंगी दाई’ गीतको गाएकी थिइन्र । संसार कै हाम्रो सानो देश नेपाल, प्रकृति सौन्दर्य मधेस पहाड हिमाल.. रास्ट्र भावको गीत मार्फत आफ्नो प्रस्तुती शुरु गरेका अनुरागीले पहिलो चरणमा सुन्छु मत अरबको कर्रो छ रे काम, उडी हिड्ने चरा खस्ने चर्को छरे घाम… जस्ता गीत गाएर दर्शकलाई भावुक बनाएका थिए। कुबेतका लोकप्रिय दोहोरी गायक डिबी लोप्चनले मन परेको फुल खसेको, तिम्लाई मैले नपाउँन रहिछ र यति धेरै माया बसेको भन्ने दोहोरी गीत गाएर सबैलाई नचाएका थिए। उता लोक गायक बिबी मल्ल, जुलांग तामाङ्ग र आधुनिक गायक देव लिम्बुको स्वरले पनि दर्शक दिर्गा जुरुक जुरुक बनाएको थियो ।
कुबेतका लागि नेपाली राजदुत मधुवन पौड्यालले दिप प्रज्वलन गर्नुको साथै राजदुत पौड्यालको साथमा नेपाली समाज कुबेतका अगुवाहरुले कार्यक्रमको स्टेज ब्यानर खुला गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved