Headlines News :
Home » » वन कार्यालयबाट फरार थुनुवाहरू पक्राउ

वन कार्यालयबाट फरार थुनुवाहरू पक्राउ

Written By Unknown on Tuesday, October 30, 2012 | 2:12 AM


भएका दुई थुनुवालाई प्रहरीले सोमबारसाँझ पक्राउ गरेको छ । उनीहरुलाई त्रियुगा नगरपालिका-४ असारी र भातीखर्क नजिकको जङ्गल छेउबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका- ५ का सुकदेव चौधरी र जोगीदह गाविस-३ को दीपक अधिकारी रहेका छन् । जिल्ला वन कार्यालय उदयपुरको जमदार लेखबहादुर मगरको नेतृत्वमा गएको सातजनाको हतियारसहितको टोलीले फरार थुनुवा पक्राउ गरेको हो ।
फरार थुनुवाहरू दिनमा जङ्गलमा लुकेर बस्ने गरेको र साँझ जङ्गलको सडक नजिकैको एक दोकानमा आउने गरेको स्थानीयवासीको सुराकीको आधारमा पक्रेको जमदार मगरले बताउनुभयो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved