Headlines News :
Home » » सर्लाहीमा ‘लंका’ को अग्रिम टिकट बुकिङको माग

सर्लाहीमा ‘लंका’ को अग्रिम टिकट बुकिङको माग

Written By Unknown on Monday, October 29, 2012 | 10:43 AM


सम्पुर्ण दृश्य सर्लाहीमा नै छायांकन गरिएको चलचित्र ‘लंका’ कात्तिक २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउदैछ । चलचित्र प्रदर्शनमा आउनु भन्दा २ साता अगावै चलचित्रको अगि्रम वुकिङको माग वढेको छ ।
सर्लाहीमा रहेका २  सिनेमा भवनमा अग्रिम टिकट वुकिङ गर्नका लागि दर्शकको भिड लाग्न थालेको निर्देशक श्याम भट्टराइले बताएका छन् । सर्लाहीका १ लाख भन्दा बढि जनता समेत प्रत्यक्ष सिनेमामा सहभागी भएकाले पनि यस्तो माग आएको निर्माणपक्षको भनाइ छ ।
चलचित्रमा रेखा थापा, किशोर खतिवडा, नन्दु श्रीवास्तव लगायतका कलाकारको मुख्य भूमिका छ । नायिका रेखा थापालाइ नायकको रुपमा प्रचार गरिएको चलचित्र ‘लंका’ ले खस्केको सिनेमा बजारलाइ उठाउने विश्वास गरिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved