Headlines News :
Home » » दशैंको बेला २५ हजार धरौटी बुझाउन नसक्दा तीन बालक थुनामा

दशैंको बेला २५ हजार धरौटी बुझाउन नसक्दा तीन बालक थुनामा

Written By Unknown on Monday, October 22, 2012 | 8:06 PM

सवै बालबालिका दशैंमा रमाइरहेका बेला तीन जना बालक भने २५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा थुनिएका छन् । सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मागेको धरौटी बुझाउन नसक्दा १३ बर्षीय विक्रम शर्मा, १२ बर्षीय राहुल शर्मा र १२ बर्षकै लक्ष्मण लाम्गादे भक्तपुरस्थित बाल गृहमा थुनिएका हुन् ।




चितवनको भरतपुर नगरपालिका ७ का बिक्रम । राहुल दाजुभाई हुन् । लक्ष्मण नुवाकोट खड्गाभञ्ज्याङका बासिन्दा हुन् । विक्रम र राहुल आफ्नी सानी आमासँग काठमाण्डौंमा बस्दै आएका थिए । उनीहरुलाई गालीगलौज र लुटपाट प्रयास गरेको भन्दै प्रहरीले गत भदौमा पक्राउ गरेको थियो ।




अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंबाट म्याद थपेर सुरुमा उनीहरुलाई प्रहरीको हिरासतमा राखिएको थियो । उनीहरुले झापाको कोहबरा गाविसका ४० बर्षका नरेश बराईलीसँग मिलेर सार्वजनिक अपराध गर्ने गरेको भेटिएको प्रहरीलाई उदृत गर्दै अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved