Headlines News :
Home » » बजारमा सुनको अभाव

बजारमा सुनको अभाव

Written By Unknown on Wednesday, October 31, 2012 | 4:12 AM


काठमाडौ, कात्तिक १५ – चाडपर्व र विवाहको सिजनमा माग बढी भएपछि बजारमा सुनको अभाव बढ्दै गएको छ । माग अनुसार आपूर्ति नभएपछि बजारमा सुनको कालो बजारी हुने सम्भावना बढेको ब्यापारीहरुले बताएका छन् ।
 अहिले दैनिक ३० किलो भन्दा बढी सुनको माग छ । तर राष्ट्र बैंकले १५ किलो मात्र सुन दिने गरेकाले बजारमा अभाव देखिएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
माग अनुसार आपुर्ति नभएपछि सुनको भाउ पनि केही बढेको छ । बुधबार सुन तोलामा ५९ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको संघले जनाएको छ । यो मंगलबार भन्दा २ सय ९८ रुपैँयाले बढी हो ।
चाँदीको भाउ भने स्थिर छ । चाँदी बुधबार पनि तोलाको ११ सय ४० रुपैँयामा किनबेच भईरहेको छ  ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved