Headlines News :
Home » » राजीनामा नदिए बाबुरामको हातल ज्ञानेन्द्रको जस्तै : पोख्रेल

राजीनामा नदिए बाबुरामको हातल ज्ञानेन्द्रको जस्तै : पोख्रेल

Written By Unknown on Wednesday, October 31, 2012 | 12:13 AM


१५ कात्तिक, भक्तपुर । नेकपा एमाले सचिव शंकर पोख्रेलले मुलुकलाई निकास दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिए पूर्व राजा ज्ञानेन्द्रको जस्तै हालत वनाइदिने चेतावनी दिनु भएको छ ।  रफत संचार क्लब भक्तपुरले वुधवार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सचिव पोख्रेलले भन्नुभयो,’तिहार अघिसम्म प्रधानमन्त्री भट्टराईलाई दलहरुले सहमतिका लागि वाटो खोल्न समय दिएका छन् । यदी यो समयसिमाभित्र पनि बाटो नखोले ज्ञानेन्द्रलाई हटाए झै गल्हत्यार सरकारबाट हटाउँछौ ।’
उहाँले भट्टराईकै कारण मुलुक संकटमा फसेकाले राजीनामाको विकल्प नरहेको वताउनुभयो । पोख्रेलले एमाओवादीको अतिवादी सोच र निरकुशताबादी सोचका कारण मुलुकले निकास पाउन नसकेको वताउनुभयो ।  उहाँले वर्तमान सरकारको नेतृत्वमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनु भयो । उहाँले वर्तमान सरकार नै अवैधानिक भएकाले दलहरुको सहमतिविना बजेट ल्याउन नसक्ने दावी गर्नु भयो ।
पोख्रेलले भन्नुभयो,’बजेट ल्याउन दलहरुवीच सहमति हुनुपर्छ । तर वर्तमान राजनीतिक स्थिति हेर्दा दलहरुवीच सहमति शुने सम्भावना छैन ।’ उहाँले एमाओवादीले विगतमा विदेशी मित्र राष्ट्रहरुसंग गरेको अनुचित सम्झौताको परिणाम अहिले नेपाली जनताले देख्न थालेको बताउनुभयो । पोख्रेलले वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता कमजोर भएको आरोप लगाउनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved