Headlines News :
Home » » पाँच किलो सुनको गहनामा बेहुली

पाँच किलो सुनको गहनामा बेहुली

Written By Unknown on Tuesday, October 30, 2012 | 2:52 AM


बेइजिङ , कार्तिक १४ - चीनमा खासगरी छोरीको बिहेले निकै महत्त्व राख्छ । जीवनको यो क्षणलाई स्मरणीय बनाउन त्यहाँ हरसम्भव प्रयास गरिन्छ । बिहेमा बेहुलीलाई सुनका गरगहना पहिराउनुलाई अचम्म मानिन्न । तर, पाँच किलो सुनका गहनाले लादिएपछि बेहुलीसँग बेहुला पनि खुसीले उपि|mनु स्वाभाविकै हो । हालै दक्षिणी चीनको फुजेन प्रान्तस्थित क्वानझोउकी २६ वर्षे लियु चेङले वैवाहिक समारोहमा पाँच किलो सुनका गहना लगाइन् । उक्त प्रान्तभरि यसको चर्चा छ । छोरीलाई दिइने सुनको परिमाणको सम्बन्ध उसको सौभाग्यसँग गाँसिने छोरीपट्टकिो मान्यता छ । लिन हियुकी छोरी लियु स्टेजमा आउँदा निम्तो मान्न आएकाहरू पनि चकित परे । उनको शिरदेखि पाउसम्म सुनले ढाकिएको थियो । यो शुद्ध सुन भेला पार्न थुप्रै वर्ष लागेको परिवारले जनाएको छ । यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा दुई लाख डलरभन्दा बढी छ । बेहुलीकी आमाले आफू र नातेदारहरूले धेरै वर्ष अघिदेखि सुन संकलन गर्न थालेपछि यो शुभदिन आएको बताएकी छन् । राम्रो परिवारका ज्वाइँ भएकाले यति सुन दिनु जरुरी भएको उनले बताइन् । लियुको हातमा नअटेपछि बालाको हार बनाएर आमाले पहिराएकी थिइन् । गहनाको भारले हेयु निकै विस्तारै हिँडिरहेकी थिइन् । दाइझोको रूपमा दिइएको गहनामा ब्रासलेट, हार, औंठी र बहुमूल्य रत्नहरू थिए । आमा लिन हुलाई छोरीलाई गहना लाइदिन एक घन्टाभन्दा बढी समय लागेको थियो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved