Headlines News :
Home » » नेपालगंज सीमामा चरेशसहित तीन नेपाली महिला समातिए

नेपालगंज सीमामा चरेशसहित तीन नेपाली महिला समातिए

Written By Unknown on Tuesday, October 30, 2012 | 2:21 AM

१४ कात्तिक, नेपालगन्ज । पर्वहरु नजिकिदै गर्दा वा सोही बेलाको आसपासमा नेपाली चेलीहरु लागू औषध ओसार पसारको अभियोगमा लागू औषध चरेशसहित धमाधम सीमापारी समातिने गरेका छन् । यसरी पक्राउ पर्नेहरुमा ओसारपसारमा संलग्न भरिया मात्र रहेको भारतीय प्रहरीले जनाएको छ ।
बडादशै सकिए लगत्तै नेपालगन्जबाट भारततर्फ जानलागेको अवस्थामा बाँकेको नौबस्ता-७ तल्लो गाभर बस्ने ३५ बषिर्या तुलसी बस्नेत, २६ बषिर्या देवीसरा बस्नेत र ३० बषिर्या लालसरा बस्नेतलाई ४ किलो १० ग्राम चरेशसहित रुपैडियाबाट पक्राउ परेका छन् । उनीहरुले सो चरेश रुपैडिहा बसपार्कसम्म पुर्‍याई दिने क्रममा पक्राउ परेका हुन ।
अन्तराष्ट्रिय बजार मूल्यअनुसर सो चरेश करिव साढे ६ लाख मुल्य बराबरको हुने अनुमान गरिएको छ । पक्राउ परेका लालसरा र तुलसी दुई बहिनी तथा देबीसरा देउरानी रहेको एसएसबीले जनाएको छ ।
नेपालगन्जबाट रिक्सामा बसेर रुपैडियातर्फ जाने क्रममा एसएसबीले शंका मानेर चेकजाँच गर्दा तिनै जनाले कम्मरमा बाँधेको अवस्थामा चरेश भेटिएको सशस्त्र सिमा बल एसएसबी ई कम्पनी सतौ बटालियनका सहायक सेना नायक अस्बीनी कुमारले बताउनु भयो । पक्राउ परेका तिनै जना महिलालाई आवश्यक कारबाहीका लागि चरेश सहित रुपईडिहा थानामा बुझाईएको उहाँले जानकारी दिनुभयो ।
यसअघि बडादशै शुरु हुनु अगाडि पांच जना नेपालीलाई २९ किलो अवैध चरेशसहित बाँकेको पूर्वी सीमासंग सिमा जोडिएको सुईयानकाबाट भारतीय सीमा सुरक्षाबल एसएसवीले सो चरेश सहित नियन्त्रणमा लियो । उनीहरुलाई असोज १३ गते चरेशसहित पक्राउ गरेको थियो ।
सो चरेशसहित पक्राउ परेका दाङ्गका हर्क रावल, सरिता रोका, धनमाया घर्तिमगर, रुकुमका टेकबहादुर बुढामगर र रविना मगर उनीहरु भरिया मात्र हुन । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि भारतको बहराईच जिल्ला कारागार पठाइएको छ । उनीहरु सो चरश बहराईच पुर्‍याउनको लागि लैजाँदै गरेको अवस्थामा पक्राउ परेका थिए । यसैगरी नेपालगन्जबाट रुपइडिहा जान लागेकी दाङ लमही निवासी ४० बषिर्या उर्मिला मगरलाई ३ किलो ८० ग्राम चरेशसहित सीमा सुरक्षा बल एसएसबीले रुपैडिहाबाट पक्राउ गरेको छ ।
कोहलपुरस्थित आफन्तको घरमा आएको बेला एक जना व्यक्तिको आर्थिक प्रलोभनमा परी आफुले उक्त चरेश रुपइडिहा टाँगा स्ट्याण्डसम्म पुर्‍याउन लागिएको उर्मिलाले एसएसबी समक्ष बयान दिएकी रुपइडिहास्थित एसएसबी सातौं बटालियन ई कम्पनीका सहायक सेनानायक अश्वीनीकुमारले जानकारी दिनुभयो ।
उनको शरिर असहज रुपमा रहेको शंका लागेपछि चेकजाँच गर्दा चरेश तिघ्रामा लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी उर्मिलालाई आवश्यक कारबाहीका लागि बहराइच कारागार चलान गरिएको छ । गत वर्ष यसरी भारत लैजान लागेको झण्डै सय किलो चरेशसहित ७० जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरि आवश्यक कारवाहीको लागि भारतीय कारागारमा पठाएको रुपैडिहास्थित भातीय सीमा सुरक्षाबल एसएसविले जनाएको छ । पक्राउ पर्नेमा अधिकांश महिलाहरु रहेका छन् ।
 

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved