Headlines News :
Home » » चिन्नुहुन्छ यि को हुन् ?

चिन्नुहुन्छ यि को हुन् ?

Written By Unknown on Wednesday, October 31, 2012 | 9:29 AM


सधै जसो एकै खालको भूमिका र गेटअपमा देखिदै आएको आरोप लागेका नायक राजेश हमाल पछिल्लो समयमा केही चूजि बनेका छन् । फरक गेटअप र भिन्न खालको विषयबस्तु खोजेकै कारणले नायक हमालको हातमा अहिले सिनेमा छैनन् ।

नेपाली सिनेमाका चर्चित नायक हमाललाइ निर्देशक उकेश दाहालले आफ्नो चलचित्र ‘किन किन’ मा फरक गेटअपमा देखाएका छन् । चलचित्रमा नायक हमाल २ भिन्न भूमिकामा देखिदैछन् ।
नायिका अरुणिमा लामासँग चुम्बन र बेडसिनको दृश्य दिएका हमाल यही चलचित्रमा ७० को दशकको गेटअपमा देखिदैछन् । हमालको कपडासँगै हेयर स्टाइल पनि भिन्न देखिएको छ । ७० को दशकको गेटअपमा नायक हमाल र नायिका करिश्मा मानन्धरलाइ देख्न सकिन्छ ।
फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राज तिमिल्सिना, शशि खड्का लगायतका कलाकारले समेत अभिनय छ । हमालको गेटअपलाइ दर्शकले रुचाउने आशा निर्माणपक्षले गरेको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved