Headlines News :
Home » » नुहाउँदै, फिल्म हेर्दै

नुहाउँदै, फिल्म हेर्दै

Written By Unknown on Monday, October 22, 2012 | 8:39 PM

बेलायतको एक कम्पनीले केही फरक गर्नका लागि नयाँ आइडिया अपनाएको छ । जस अनुसार अब बाथ टबमा बसेर नुहाउँदै फिल्म हेर्न पाइनेछ ।

हट टब सिनेमा नामको उक्त सेवाका लागि कम्पनीले १५ वटा बाथटबको व्यवस्था गरेको छ भने सेवाग्राहीलाई बाथटबमा बसेर ठूलो प्रोजेक्टरमा सिनेमा हेर्ने सुविधा प्रदान गर्नेछ ।
उक्त स्नानगृह तथा फिल्महलमा डबल मज्जा लिँदै पृष्ठभूमिमा लण्डन सहरको दृश्य पनि हेर्न पाइनेछ । वास्तवमा बाथटबमा बसेर स्नान र चलचित्रको मज्जा एकैसाथ लिन पाउनु भाग्यकै कुरो हो । यसका लागि टिकट दर २५ देखि २ सय पाउण्ड सम्म तोकिएको छ ।
कम्पनीले यस्तो सेवा यूरोपका अन्य देश र अमेरिकामा समेत विस्तार गर्ने योजना बनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved