Headlines News :
Home » » यो सरकारको बजेट र चुनाव बिपक्षीलाई अमान्य

यो सरकारको बजेट र चुनाव बिपक्षीलाई अमान्य

Written By Unknown on Tuesday, October 30, 2012 | 1:51 AM


१४ कात्तिक, काठमाण्डौ । बिपक्षी दलहरुले यही सरकारले पूर्ण बजेट ल्याउने र चुनाव गराउने कुरा सोच्न पनि नसक्ने बताएका छन् ।
चार दलका शीर्ष नेताको आज बिहान बसेको वैठकमा बिपक्षीहरुले कात्तिक मसान्तभित्र सहमतिको सरकार गठन गरेर नयाँ सरकारले मात्र पूर्ण बजेट ल्याउनुपर्ने अडान राखेका छन् ।
वैठकपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले भन्नुभयो-’यो सरकारले ल्याउने बजेट र गराउने चुनाव कुनैपनि हालतमा स्वीकार्न सकिन्न । नयाँ सहमतिको सकारले नै बजेट ल्याउनुपर्छ ।’ शीर्ष नेताहरुवीच छलफल गरेर हुन्छ वा हुन्नमा केन्द्रीत हुनुपर्ने नेपालले बताउनुभयो । बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आन्दोलनमा जानुअघि अन्तिपटक छलफलमा बस्ने निर्णय भएको बताउनुभयो ।
माओवादी प्रवक्ता अग्नि सापकोटाले पुर्नस्थापना भए पनि नभएपनि चुनावको बिकल्प नभएको बताउनुभयो । मधेसी मेर्चाका नेता राजेन्द्र महतोले अर्को संबिधानसभाको निर्वाचनमा गर्ने मुडमा दलका नेताहरु देखिएको बताउनुभयो । कात्तिक मसान्तमा बजेट सकिने भएकाले तत्कालका लागि पूर्ण बजेट ल्याउने सहमति गर्न माओवादीले आग्रह गरेको थियो ।
वैठकमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सहमतिका सूत्र भन्दै सात बुँदे प्रस्ताव पेश गर्नुभएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved