Headlines News :
Home » » १० दिने बिदामा हिडेका डाक्टरलाई एकादशीमै बोलाईयो

१० दिने बिदामा हिडेका डाक्टरलाई एकादशीमै बोलाईयो

Written By Unknown on Monday, October 22, 2012 | 8:07 PM

स्वास्थ्य मन्त्रालयले दशैंका बेला चार दिनमात्र ओपीडी सेवा बन्द गरी एकादशीका दिन नियमित सञ्चालन गर्न पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई निर्देशन दिएको छ ।




विभिन्न सञ्चार माध्यमका पश्चिमाञ्चल अस्पतालको ओपीडी सेवा पनि बन्द गरेर चिकित्सक दशैं विलामा भन्ने समाचार प्रकाशन, प्रचारण भएपछि स्वास्थ्य मन्त्रालयले अस्पताललाई यस्तो निर्देशन दिएको हो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. बुद्धिबहादुर थापाले मन्त्रालयको निर्देशन पालना गर्दै टीकाको भोलीपल्टदेखि नै ओपीडी सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । अधिकांश चिकित्सकलाई फोन मार्फत एकादशीका दिन उपस्थित हुन निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved