Headlines News :
Home » » जव तक हे जान’ को प्रेसमिटमा साहरुखको मस्ति (फोटो फिचरसहित)

जव तक हे जान’ को प्रेसमिटमा साहरुखको मस्ति (फोटो फिचरसहित)

Written By Unknown on Wednesday, October 31, 2012 | 9:17 AM


वलिउडका वादशाहको रुपमा परिचित नायक साहरुख खान अहिले आफू अभिनित पछिल्लो चलचित्र ‘जव तक हे जान’ को प्रचारका लागि दौडधुपमा व्यस्त छन् । रोहीत सेठ्ठीले निर्देशन गरिरहेको चलचित्र ‘चेन्नाइ एक्सप्रेस’मा समेत व्यस्त साहरुखले ‘जव तक हे जान’ का लागि पनि समय निकालिरहेका छन् ।
चलचित्रको प्रचारप्रसाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा साहरुखले चलचित्रका दुइ नायिकासँग मझैले फोटो खिचाएका छन् । नायिका कटि्रना कैफ र अनुष्का शर्माका साथमा पत्रकार सम्मेलनमा पुगेका साहरुखले यि दुइलाई स्टेजमा चुम्बन समेत गरे ।
यो बर्षकै सर्वाधिक आशा गरिएको चलचित्र ‘जब तक हे जान’ को पत्रकार सम्मेलनमा साहरुख खान, कटि्रना कैफ र अनुष्का शर्माले खुलेरै मस्ति गरेका थिए । रोमान्टिक प्रेम कथामा आधारित सिनेमा भएकाले पनि होला साहरुख पत्रकार सम्मेलनमा खुवै रोमान्टिक देखिएका थिए । उनले नायिका अनुष्का शर्माको बयान गर्दै भने, ‘उनी खुबै मिहिनेती छिन् ।’ साहरुखले कटि्रनाको बारेमा भने, ‘उनलाइ संवाद बोल्न खुवै समय लाग्छ किनकी उनको नाक र कपाल खुबै आकर्षक छ ।’
नोभेम्बर १३ मा विश्वभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘जब तक हे जान’ यस चोपडा ले निर्देशन गरेको अन्तिम सिनेमा हो । साहरुखका साथमा कटि्रना र अनुष्काले अभिनय गरेको ‘जब तक हे जान’लाई अहिले विश्व बजारमा सर्वाधिक आशा गरिएको चलचित्र को रुपमा हेरिएको छ । चलचित्र पण्डितहरुले यो सिनेमाले सलमान खान अभिनित ‘एक था टाइगर’ को व्यापारलाइ उछिन्ने अनुमान लगाइरहेका छन् ।
चलचित्रका गीतहरु इन्टरनेटमा सर्वाधिक हेरिएका छन् । यसैले पनि ‘जब तक हे जान’ यो बर्षकै सर्वाधिक हिट सिनेमा रहने विश्लेषण गरिएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved