Headlines News :
Home » » मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्तारुढ दल

मन्त्रिपरिषद् विस्तारको तयारीमा सत्तारुढ दल

Written By Unknown on Wednesday, October 31, 2012 | 2:33 AM


काठमाडौ, कार्तिक १५ - सत्तारुढ दलहरुको गठबन्धन संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा दलहरुबीच सहमति नभए सरकार विस्तार गर्ने निष्कर्षमा पुगेको छ । बुधबार बसेको मोर्चाको बैठकले विपक्षी दलहरुसंगको वार्तालाई परिणाममुखी बनाउने प्रयत्न समेत गर्ने निर्णय गरेको छ ।
मोर्चाका संयोजका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार बैठक बसेको थियो । बिहीबार बस्ने प्रमुख दलको बैठकलाई परिणाम मुखी बनाउन अधिकतम लचकता देखाउने निर्णय भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए ।
'गम्भीर रुपमा वार्ता गर्ने निर्णय भएको छ,' उनले भने 'वार्ताको परिणामलाई हेरेर बजेट, सरकार विस्तार, संवैधानिक निकायमा नियुक्ति जस्ता विषयमा निर्णय हुनेछ ।' मोर्चाको आगामी बैठकले त्यस विषयमा निर्णय लिने उनले जानकारी दिए । धेरै मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बाबुराम भट्टराईसंगै रहेकाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको हो ।
दलहरुबीच सहमति नभए गठबन्धनले यसअघि नै तय गरेको ५ स्थानमा गर्ने आमसभालाई पनि निरन्तरता दिने तयारी समेत गरेको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved