Headlines News :
Home » » रेडियो प्रस्तोतालाई स्टुडियोभित्रै आगो लगाइयो

रेडियो प्रस्तोतालाई स्टुडियोभित्रै आगो लगाइयो

Written By Unknown on Tuesday, October 30, 2012 | 4:50 AM

दक्षिण अमेरिकी मुलुक बोलिभियाको याकुबा शहरमा रेडियो प्रस्तोता फर्नाण्डो विडाललाई कार्यक्रम चलाइरहेकै बेलामा स्टुडियोमै पसेर अज्ञात व्यक्तिहरुले आगो लगाएका छन् । 
‘रेडियो पपुलर’का प्रस्तोता विडाललाई ४ जना मानिसले पेट्रोल छरेर आगो लगाएका थिए । यस क्रममा स्टुडियोमा रहेका प्राविधिक कर्मचारी पनि घाईते भएका छन् । विडालले सीमा क्षेत्रमा हुने तस्करीको विषयमा रिपोर्ट प्रस्तुत गरिरहेका थिए । उनले स्थानीय सरकारको आलोचना गरिएका विभिन्न सामग्री प्रसारण गरिसकेका थिए । यसैले आक्रमण राजनीतिक हुन सक्ने पनि अनुमान गरिएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved