Headlines News :
Home » » गर्भवती छैन'

गर्भवती छैन'

Written By Unknown on Wednesday, October 31, 2012 | 2:36 AM


लस एन्जल्स (एजेन्सी), कार्तिक १५ - हालै मात्र स्क्वायर म्यागजिनको सर्वेक्षणमा विश्वकै सबैभन्दा सेक्सी महिला बन्न सफल अमेरिकी नायिका मिला कुनिस यतिबेला गर्भवती भएको शंकाको घेरामा परेकी छन् । शनिबार ब्वायफ्रेन्ड एस्टन कुचरसँगै हातमा कफी लिएर घुमिरहेको अवस्थामा देखिएकी मिलाको पेट केही बढेको देखिएपछि शंका गर्ने ठाउँ बनेको हो । पत्नी डेमी मुरसँग वैवाहिक सम्बन्ध विच्छेदको क्रममा रहेका एस्टनसँग मिलाको विगत छ महिनादेखि अफेयर चलिरहेको छ । स्लिभ लेस लुज टिसर्ट र जिन्समा प्रेमिसँग कफी पिउँदै हिँड्दै गरेको अवस्थामा देखिएकी मिलाको बढेको पेट स्पष्टै देखिन्छ । तस्बिरलाई हेरेर सञ्चार माध्यममा उनको गर्भ रहेको हुनसक्ने समाचार छ्यापछ्याप्ती भएपछि भने मिलाले उक्त समाचार गलत भएको भन्दै खण्डन गरेकी छन् । उनले आफूमा बच्चाको चाहना अत्यधिक भए पनि त्यो अझै केही समय पूरा नहुने बताइन् । 'मलाई परिवार बनाउन मन पर्छ । बच्चा हुनु त मेरा लागि फिल्मभन्दा पनि पि्रय कुरा हो,' २९ वर्षीया 'फ्रेन्ड्स विथ बेनेफिट' नायिका मिलाले एस्टनलाई बेस्ट फ्रेन्ड मात्रै भन्दै आफू अझै सिंगल नै रहेको पनि दाबी गर्न भ्याएकी छन् ।
प्रेमिका फेरिरहन माहिर एस्टनको सम्भावित बाबु बन्ने खबरले उनकी पत्नी मुरले भने कुनै प्रतिक्रिया जनाइरहेकी छैनन् । एस्टन निकट एकले भने उक्त खबरले मुर अपसेट रहेको जनाउँदै बताए, 'एस्टन डिभोर्स गर्न लागेको भए पनि यस्ता खबरका कारण पत्नी डेमीलाई खिन्न बनाउन चाहँदैनन् । हो, उनी मिलाको सम्बन्धमा सिरियस छन्, विवाह गर्ने र बच्चा जन्माउने बारेमा पनि ।'

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved