Headlines News :
Home » » पुरुष यौनकर्मीहरूमा स्थानीय गाईघाट बजार

पुरुष यौनकर्मीहरूमा स्थानीय गाईघाट बजार

Written By Unknown on Wednesday, October 31, 2012 | 12:57 AM

उदयपुरको सदरमुकाम गाईघाट बजारमा हिजोआज दिनानु दिन द्रुततर गतिमा यौन व्यवसाय कार्य फष्टाउँदै जान थालेको गाईघाटवासी बताउँछन् । विगतमा सदरमुकाम गाईघाटमा यौन व्यवसाय पेसा खुल्लमखुल्ला फष्टाएको थिएन । केही स्थानीय व्यक्तिहरू जो यौन पेसामा लागेका थिए उनीहरू सदरमुकाम गाईघाटबाट यौनकार्य सञ्चालन गर्न सप्तरीको राजविराज तथा सिराहाको लहान बजारसम्म पुग्ने गरेको पाइन्थ्यो ।
हिजोआज सदरमुकाम गाईघाटका ठूला होटललगायत सामान्य सेकुवापसल तथा तथा कोठेहोटलहरूमा समेत खुल्लमखुल्ला यौन व्यवसाय सञ्चालन हुन थालेको केही स्थानीय जानकार तथा यौन पेसा सञ्चालनकर्ता समेत नाम नबताउने सर्तमा बताउँछन् । विगतमा गाईघाट बजारमा यौन व्यवसाय सञ्चालन हुने गरेको थिएन, तर हिजोआज समयको माग र पेसाको कारण पनि आफूहरूले केही जानेर र नजानेर भएपनि यौन कर्मीहरूको लागि होटलमा व्यवस्था गरिदिन बाध्य हुन परेको केही होटल सञ्चालकहरू नै बताउँछन् ।

आफ्नो होटल सञ्चालनको लागि नै यौनकर्मीहरूको लागि होटल र कोठा व्यवस्थापन गरिदिने गरेको कुरा उनीहरू बताउँछन् । यौन व्यवसायमा प्रत्यक्ष संलग्न हुने महिलाहरू यहाँ दुई प्रकारका रहेको केही होटल व्यवसायी बताउँछन् । केही स्थानीय महिलाहरू जो जसको श्रीमान् विदेशमा छन्, उनीहरू आफैँ ग्राहक लिएर होटलमा त्यस्ता कार्य गर्नको लागि जाने गरेको होटल सञ्चालकहरू बताउँछन् । उनीहरू सोखको कारण नै पनि यौन पेसामा लागेको होटल सञ्चालकहरूको भनाइ रहेको छ । केही सदरमुकाम गाईघाटलगायतका आसपास क्षेत्रमा विभिन्न स्थानबाट क्याम्पस पढ्न आएका महिलाहरू रहेको पाइने गरेको छ ।
उनीहरू विशेष त दिउँसो क्याम्पस जाने र राति तथा बिहान ग्राहकहरूको मागअनुसार होटल तथा अन्यत्र जाने र यौनकार्यमा संलग्न हुने गरेको पाइएको छ । उनीहरूले ग्राहकहरूबाट नगद रकम लिएर पढाइ खर्च तथा व्यक्तिगत खर्चहरू समेत जुटाउने गरेका छन् । यस्तै पुरुष यौनकर्मीहरूमा स्थानीय गाईघाट बजारकै कतिपय ठेकेदार, व्यापारीदेखि प्रहरी तथा सेनाका जवानहरू रहेको पाइएको छ । पुरुष यौनकर्मीहरू स्थानीय मात्र नभई सप्तरी तथा सिरहालगायत अन्यत्र क्षेत्रबाट समेत आउने गरेका छन् ।


उनीहरू सिधै होटल सञ्चालकहरूलाई फोनमार्फत महिला यौनकर्मीहरू व्यवस्था गरी मागेर गाईघाट आउने गरेको र होटलहरूमा यौनकार्य सकेर फर्कने गरेको समेत स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।
एक वर्षअघि प्रहरीले गाईघाटको दुईवटा होटलमा छापा मारेर होटल सञ्चालकसहित यौनकर्मीहरू पक्राउ गरेको थियो । तर सामान्य कारबाहीको कारण उनीहरूलाई कुनै असर परेन । भर्खरै मात्र गाईघाटको आनन्द होटलबाट स्थानीय क्याम्पस पढ्ने एक युवती र तीन सेनाका जवान समेत प्रहरीले रङ्गेहात नै पक्राउ गरेको थियो ।

गाईघाटका एक होटल सञ्चालिका परिता (नाम परिवर्तन) आफ्नै नजिकका भद्रभलाद्मी पुरुषहरू नै युवती मिलाइ दिन पटकपटक आउने गरेको कारण आफूले केही क्याम्पस पढ्ने युवतीहरू नै आफ्नो होटलमा बोलाइदिने गरेको बताउँछिन् । आफूले होटलमा केटी व्यवस्थापन गरिदिएबापत आफ्नै मान्छेहरूले दुईचार हजारको मदिरा तथा मासु र सेकुवा खाइदिने गरेको र केहीले नगद पनि दिने गरेको परिता बताउँछिन् ।

आफूहरू बाध्यताले पनि यस्तो कार्य अरूको लागि नै भएता पनि गराईदिन बाध्य भएको समेत परिताको भनाइ रहेको छ । अहिले गाईघाट बजारमा पुरुष यौनकर्मीहरू विशेष त बढी उमेरका पाकाहरू होटलमा आउने गरेको र उनीहरू २३ वर्षसम्मका यौनकर्मी युवतीहरू खोज्ने गरेको गाईघाटका अर्का होटल सञ्चालिका कल्पना (नाम परिवर्तन) बताउँछिन् ।
अहिले गाईघाट बजारमा यौन व्यवसायमा संलग्न हुने महिलाहरू स्थानीय र विभिन्न स्थानबाट क्याम्पस पढ्न आएका युवतीहरू रहेको पाइएको छ भने पुरुषहरू पनि स्थानीय यौनकर्मी र केही भने बाहिर लहान तथा सिरहालगायतका स्थानबाट आउने गरेको स्थानीय होटल सञ्चालकहरू बताउँछन् ।

प्रहरीले यस्ता खुल्ला यौन धन्दा रोक्न केही पहल गरेको भएता पनि सक्रिय रूपमा भने नियन्त्रणको लागि पहल गरेको पाइँदैन । स्थानीयवासीले प्रहरीहरूलाई खबर गरेको खण्डमा मात्र प्रहरीहरूले होटल छापा मार्ने तथा पक्राउ गर्ने गरेको पाइन्छ । तर आफै सक्रिय भएर भने प्रहरीहरूले कारबाही गरेको पाइँदैन । गाईघाट क्षेत्रमा यौन व्यवसाय खुल्लमखुल्ला फष्टाउँदै जानमा स्थानीय प्रशासन तथा अन्य स्थानीयवासीको समेत कमजोरीको कारण भइरहेको एकथरी स्थानीयवासी बताउँछन् ।

होटल सञ्चालक तथा यौन कार्यमा आबद्धहरू यो आफूहरूको बाध्यता र पेसा भएको बताउँछन् भने अर्का थरीहरू मजा र आनन्द तथा यौन तृष्णा मेट्न पनि आफूहरूले यस्तो पेसामा लागेको बताउँछन् । खास गरेर गाईघाट क्षेत्रमा फष्टाउँदै गइरहेको यौन व्यवसाय हिजोआज गाईघाट उदयपुरको लागि नै पनि एउटा सामाजिक चुनौती र विकृतिको रूपमा विकसित हुँदै गइरहेको छ । यसलाई समयमा नै न्यूनीकरण गर्न नसके आगामी आउने भावी पुस्ताको लागि यो झनै खतरनाक र विकृतिको रूपमा खडा हुने देखिन्छ । रास
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved