Headlines News :
Home » , » संगीतकार अम्बर गुरुङ अमेरिकामा सम्मानित

संगीतकार अम्बर गुरुङ अमेरिकामा सम्मानित

Written By Unknown on Friday, October 26, 2012 | 4:41 AM

न्यू ह्याम्सर । वरिष्ठ गीतकार तथा संगीतकार अम्बर गुरुङलाई न्यू ह्याम्सर नेपाली समाज र तमु (गुरुङ) समाज (न्यू ह्याम्सर)ले बेग्लाबेग्लै कार्यक्रम गरी शनिबार सम्मान गरेको छ । गुरुङ अहिले नातिको विवाहका लागि अमेरिका आएका हुन् । यसै सिलसिलामा यहाँ विभिन्न संघ-संगठनले सम्मान गरिरहेका छन् ।न्यू ह्याम्सर राज्यको शहर नासुआमा भएको दशैं-कार्यक्रममा गुरुङ अतिथि थिए । न्यु ह्याम्सर नेपाली समाजले वार्षिक रूपम गर्दै आएको दशैं-कार्यक्रममा गीत, नृत्य, संगीत आदि प्रस्तुत गरिन्छ ।
त्यसअघि तमु (गुरुङ) समाजका तर्फबाट अम्बरलाई अध्यक्ष तोप गुरुङले दोसल्ला ओढाई सम्मान-पत्र प्रदान गरेर गुरुङलाई सम्मान गरेका थिए । सम्मानपछि बोल्दै संगीतकार गुरुङले समाजले आफूमाथि देखाएको न्यानो मायाले आफू कृतज्ञ रहेको बताए । यहाँ अढाई दर्जन गुरुङ परिवार छन् ।
न्यु ह्याम्सरमा करिब एक हजार नेपाली र १ हजार ८ नेपाली-भाषी भूटानी छन् ।


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved