Headlines News :
Home » » अमेरिका लैजान्छु भन्दै ५ करोड ठग्ने ‘स्वामी’ पक्राउ

अमेरिका लैजान्छु भन्दै ५ करोड ठग्ने ‘स्वामी’ पक्राउ

Written By Unknown on Tuesday, October 30, 2012 | 9:11 AM


१४ कात्तिक, गुल्मी । धार्मिक कार्यक्रममा सहभागी बनाउन अमेरिका लगेर उतै सेटल गरिदिने भन्दै एक सय भन्दा बढिबाट करिव ५ करोड रुपैयाँ ठगेको अभियोगमा एक स्वामी पक्राउ परेका छन् ।
आफुलाई श्री बिष्णु प्रपन्चार्यजी महाराज भनेर चिनाउने गुल्मी बस्तुका बिजय भण्डारीलाई गुल्मी प्रहरीले आज अपरान्ह तम्घासबाट पक्राउ गरेको हो ।
‘उहाँ दशैं मनाउन गाउँतिर आउनुभएको सुराक पाएका थियौं, पछि गर्दै जाँदा पक्राउ गर्न सफल भयौं’-गुल्मी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गुरुबिष्णु काफ्ले भन्नुभयो । भोलीदेखि तम्घासमा हुने महायज्ञमा सहभागी हुन आएका भण्डारीलाई पक्राउ गरिएको हो ।
भण्डारीले गत दुई बर्षदेखि नेपाल तथा भारतमा रहेका नेपाली बिद्यार्थी र ब्यबसायी र योग प्रशिक्षकहरुलाई अमेरिका लगिदिने भन्दै पैसा उठाएको उपरिक्षक काफ्लेले जानकारी दिनुभयो । भण्डारीबाट ठगिएकाहरुले बैदेशिक रोजगार बिभागमा उजुरी दिएपछि बिभागले गत साउन २६ गते उनलाई पक्रिन प्रहरीलाई अनुरोध गरेको थियो । त्यतिबेलादेखि नै भण्डारी प्रहरीको वारेन्ट सूचीमा थिए ।
सन २०१३ अपि्रल मा हुने २९ महिने धार्मिक कार्यशालामा सहभागी बनाइदिने र उतै सेटल गरिदिने उनले आश्वासन दिएका थिए । प्रतिब्यक्ति ५ लाख रुपैयाँ लाग्ने भन्दै उनले करिव एक सय जनासँग पैसा उठाएको बताइएको छ ।
‘प्रपन्चार्य नाम राखेर र गेरुबस्त्र लगाएर उनले ठगिरहेको पाइयो’ गुल्मी डीएसपी काफ्लेले भन्नुभयो- उनले डाक्टरहरुलाई समेत फसाइसकेका रहेछन् ।’
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved