Headlines News :
Home » , » अपहरित परिवारमा दसैं भएन

अपहरित परिवारमा दसैं भएन

Written By Unknown on Friday, October 26, 2012 | 5:19 AM


निजगढ, कार्तिक १० - दुई साताअघि अपहरणमा परेका यहाँका दुई परिवारमा यसपालिको दसैं खल्लो भयो । अपहरित दुवै परिवारका सबै सदस्य चिन्ताले पिरोलिए । दुवै परिवारका सदस्य अपहरितको आशामा बस्दा बस्दै दसैं बितेको थाहै पाएनन् । उनीहरू अपहरणमुक्त नहुनुले पूरै टोल चिन्तित देखिन्छ । निजगढ गाविस ८ का ५५ वर्षीय इन्द्रलाल चौलागाई र ५२ वर्षीय भीमलाल श्रेष्ठको एकैसाथ अपहरण भएपछि उनीहरूको घरमा दसैं को रौनक नलागेको हो ।  जंगलमा स्याउला लिन जाँदा दुवैलाई अज्ञात समूहले चारकोसे जंगलबाट अपहरण गरेका थिए । अपहरणमा पर्ने चौलागाई र श्रेष्ठ वकैया ठाकुर सामुदायिक वन उपभोक्ता समितिका सदस्य हुन् । दुवै जना खाना खाएर वनमा जाने भनेर गएदेखि बेपत्ता छन् । 'बुवाको अपहरणले दसैंखल्लो भयो,' अपहरितकी छोरी रमिलाले ईकान्तिपुरसित भनिन् 'औपचारिकताका लागि आमाबाट टीका मात्रै लगायौं, घरमा अरू चहलपहल भएन ।' घटना स्थल रौटहटको सिम्री गाउँबाट जोडिएका वकैया खोला किनारको जंगलमा पर्छ । उनीहरूको खोजीका लागि प्रहरी व्यापक परिचालन गरिए पनि सफलता हात पार्न सकेको छैन । प्रहरीले फोनको कल डिटेल्सको आधारमा खोजी जारी राखेको छ । 'वन रक्षाका लागि उनीहरूले काठ तस्करविरुद्ध लागेकाले तस्करहरूले रिसिइबी साध्न बन्धक बनाएर बेपत्ता पारेका हुन्,' निजगढका प्रहरी निरीक्षक रेवतीरमण पोखरेलले भने, 'स्थानीय र पीडित परिवारको सूचनाको आधारमा खोजी गरिरहेका छौं ।'
अपहरित खोज्न कुकुर परिचालन
यसैबीच अपहरितको अतोपत्तो नलागेपछि प्रहरीले उनीहरूको खोजीका लागि शुक्रबारदेखि तालिम प्राप्त ट्रेकर कुकुर परिचालन गरेको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाबाट एउटा कुकुर र प्राविधिक सहित खोजीका लागि जंगलमा परिचालन गरिएको प्रहरी निरीक्षक पोखरेलले बताए । 'कुकुर परिचालनपछि अपहरितको उद्धार हुने सम्भावना छ,' उनले भने ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved