Headlines News :
Home » » बाँकेमा २८ प्रहरीलाई कारबाही, १५ जनालाई पुरस्कार

बाँकेमा २८ प्रहरीलाई कारबाही, १५ जनालाई पुरस्कार

Written By Unknown on Wednesday, October 31, 2012 | 12:24 AM


१५ कात्तिक, नेपालगन्ज । बाँके प्रहरीले प्रहरीले संगठनलाई मजबुद बनाउन कारबाही र पुरस्कृत गर्ने प्रक्रिया सुरु गरेको छ ।
उक्त अभियान सुरु भएपछि १५ जना विभिन्न तहका प्रहरीले आफ्नो जिम्मेवारी पुर्ण कर्तव्यनिष्ट भई पालना गरेको भन्दै पुरस्कार पाएका छन् । २८ जना भने प्रहरी आचरण विपरित काम गरेको अभियोगमा कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बँाकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विक्रमसिंह थापाले पछिल्लो १० महिनामा प्रहरी आचरण विपरितका कामगर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरिक्षकसम्मलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
एसपी थापाका अनुसार आचरण विपरित काम गर्नेलाई नोकरीबाट हटाउने, नसियत दिने र पदोन्नती रोक्का गर्नेगरी कारवाही भएको छ । एसपी थापाले पटक-पटक खराव आचरण प्रस्तुत गर्ने प्रहरीलाई नोकरीबाट हटाइएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयले खराव आचरण गर्ने प्रहरीलाई कारवाहीसँगै राम्रो काम गर्नेलाई पुरस्कारको समेत व्यवस्था गरेको छ । जिल्ला प्रहरी कार्यालयले पछिल्लो १० महिनामा १५ जना प्रहरी कर्मचारीलाई राम्रो कार्य गरेबापत पुरस्कृत गरिएको जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved