Headlines News :
Home » » दक्षिण कोरियाको समस्याबारे नेपालमा अन्तरक्रिया हुने

दक्षिण कोरियाको समस्याबारे नेपालमा अन्तरक्रिया हुने

Written By Unknown on Monday, October 22, 2012 | 8:16 PM

दक्षिण कोरियामा रहेका नेपालीको समस्याबारे दशै लगतै कात्तिक १७ गते काठमाडौमा एक बृहत अन्तरक्रिया कार्यक्रम हुने भएको छ । सोही अवसरमा पत्रकार सम्मेलन गरि कोरियामा नेपालीहरुको बास्तबिक अवस्थामा आधारित बृत्तचित्र प्रदर्शनी तथासम्वन्धित निकायलाई ज्ञापन पत्र बुभाउने कार्यक्रम समेत रहेको छ । उक्त कार्यक्रममा दक्षिण कोरियाबाट फर्किएका नेपालीहरुले काठमाण्डौँमा स्थापना गरेको संस्था प्रवासी श्रमिक एक्यवद्धता केन्द्रको आयोजनामा हुन लागेको कार्यक्रम संयोजक पत्रकार रघु त्रिपाठीले बताए ।

 बिहिवार सुन्धारा स्थित एक रेष्टुराँमा आयोजित दशै शुभकामना तथा चियापान कार्यक्रममा कोरियाबाट नेपाल फर्किएका र बिदामा आएका सकृय समाज सेवीहरुको एक भेलाबाट उक्त कार्यक्रम तय भएको हो । कोरिया बसाईको क्रममा श्रमिक कल्याणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली सम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष डेबीड राईको अध्यक्षतामा आयोजित भेलामा मजदूर नेता समर थापा, गगन पुन,सुमन राई, सचित्र केसी, पत्रकार अशोक थापा, पुष्प लामिछाने, समाज सेवी नवराज शिवाकोटी लगायतले आ आफ्ना धारणा राखेका थिए ।
 यसै गरी समस्या जानकारी गराउने क्रममा उनिहरुले दक्षिण कोरियामा नेपाली दूतावासको उदासिनताकै कारण समस्या बढेको दूतावासका कर्मचारीबाटै नेपालीहरु अपमानित भईरहेको,ईपिएस श्रमिकहरुलाई हेर्ने आधिकारिक निकाय नभएको, श्रमसहचारी नियुक्तिमा भएको ढिलाई, वैवाहिक भिसामा आउँदाका समस्या, व्यापारी तथा विधार्थीहरुका समस्या तथा दक्षिण कोरियामा बडदो आत्महत्या, अंगभंग र मानसिक समस्या जस्ता गम्भिर बिषय बस्तु उठान गरेका थिए । उनिहरुले कोरियामा नेपालीले भोग्नुपरेका धेरै क्षेत्रका समस्याहरुलाई एकै ठाउमा प्रस्तुत गरि सम्बन्धित क्षेत्रको ध्यानकर्षण गराउन सकिने जानकारी दिदै पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम गर्ने निष्कर्ष निकालिएको थियो ।

 नेपाली समुदायको कोरियामा बडदो उपस्थितिसंगै समस्या विकराल रुपले बडिरहेको र समस्यारत क्षेत्रमा सम्वन्धित निकायको ध्यान नपुगिरहेको बेला राज्यका सम्वन्धित निकाय र दक्षिण कोरिया जान चाहने आम नेपालीहरुमा यथार्थ्ा स्थितिको बारेमा जानकारी दिनेे उदेश्यले लामो कोरिया बसाँइ पछि स्वदेश फर्किएका एम मेडियाका निर्देशक अशोक थापाले तयार पारेको आँशुमा डुब्दा नामक बृत्तचित्र तथा पत्रकार रघु त्रिपाठीले कोरियाको वास्तबिक अवस्था बारे एक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

कार्यक्रमले कोरियामा नेपालीले भोग्नुपरेका ईपिएसका श्रम सम्बन्धी, वैवाहिक,विधार्थी,ब्यवसायी जस्ता धेरै क्षेत्रका समस्याहरुलाई एकै ठाउमा प्रस्तुत गरि सम्बन्धित क्षेत्रको ध्यानकर्षण गराउन विशेष सहयोगी हुने मजदूर नेता समर थापाले बताए ।कार्यक्रमका सभापति डेबीड राईले नेपालका बिशिष्ट ब्यक्तिहरुलाई आमन्त्रण गरी विभिन्न संचार माध्यममा दक्षिण कोरियामा नेपालीहरुले भोगिरहेका समस्याहरु पुर्याउने तथा अन्तरक्रियाबाट समाधानको निकास खोजिने बताउदै दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीहरुको विभिन्न समस्याको सम्बन्धमा कोरियामा स्थापित संघसंस्था तथा सम्वन्धित निकायले चासो नदेखाएको र नेपाली दूतावासले पनि आफ्नै डम्फु बजाएर हिडेको भन्दै अव जनस्तरबाटै समस्या समाधानको पहल हुनुपर्नैमा जोड दिए ।

अनामनगर स्थित मेडिया हाउसमा कात्तिक १७ गते दिउँसो १ बजे आयोजना हुन लागेकोअन्तरक्रिया कार्यक्रमलाई फलदायी बनाउन सबैपक्षको सहयोग मिल्ने आयोजकले विश्वास लिएको छ ।कार्यक्रममा श्रम मन्त्री, परराष्ट्र मन्त्री, सचिव, ईपिएसका डाईरेक्टर, कोरियन राजदूत,कोरियाका लागि नेपालका पूर्व राजदूत, पूर्व उपनियोग प्रमुख, पुर्व श्रमसहचारी लगायत विभिन्न क्षेत्रका अतिथिहरुलाई आमन्त्रण गरिने बताइएको छ ।

कोरियामा हाल २० हजारको हाराहारीमा नेपाली बसिरहेका छन । जसमा वहुसंख्यक कामदार रहेका छन । यसैगरी विवाह गरी आएका महिलाको विकराल अवस्था,दुर्घटना विमा जस्ता कुराहरु निश्चित नभएको तथा विधार्थी, ब्यवसायी तथा अन्य पेशामा आवद्धहरुको समस्या जस्ता अनेक समस्या समाधानमा यो कार्यक्रम फलदायि हुने विश्वास गरिएको छ । कार्यक्रमलाई सफल पार्न कोरियाबाट हाल नेपालमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाईआयोजकले अनुरोध गरेको छ ।

यसैगरी कोरियाको बारेमा बुझन चाहनेको लागि पनि कोरियाका अनेक समस्या बुझन यसले सहयोगी भुमिका खेल्ने हुँदा पत्रकार, बुदिजिवि,विश्लेषक, शिक्षक, राजनीतिकर्मी ,विधार्थी,मजदुर लगायत सम्पूर्ण क्षेत्रका प्रतिनिधिले समेत कार्यक्रममा सहभागिता जनाईदिन हुन आयोजकले अनुरोध गरेको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved