Headlines News :
Home » » महोत्तरीमा भूतमेला सुरु

महोत्तरीमा भूतमेला सुरु

Written By Unknown on Monday, October 22, 2012 | 8:10 PM

महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ । सोनामाई गाविस- ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ । हरेक वर्ष बडादसैँको सप्तमीदेखि सोनामाईमा भूतमेला लाग्छ । सप्तमीदेखि विजयादशमीको दिनसम्म चल्ने भूतमेलामा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्छ । भूत प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारैाँ पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्छन् । सोनामाईको कृपाले यहाँबाट निको भएर जाने गरेको सर्वसाधारण बताउँछन् ।




वर्ष दिनदेखि  भूत, पिशाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवनमृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै को कसबाट सताइएको भनी आफैँ भन्न थाल्छन् । देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै रुँदैहाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने र दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आआफ्ना घर र्फकने गरेको पुजारी नवल झा बताउनुहुन्छ ।
मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौँडादेखि भारतका पटना सहरसम्मका हजारौँ पीडित महिला र पुरुष पुग्ने गरेको स्थानीयवासी वीरेन्द्र यादवले जानकारी दिनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved