Headlines News :
Home » » चरेससहित तीन नेपाली जेल चलान

चरेससहित तीन नेपाली जेल चलान

Written By Unknown on Wednesday, October 31, 2012 | 9:41 AM


१५ कात्तिक, बाँके । ठूलो परिमाणको चरेससहित पक्राउ परेका तीन नेपाली महिलालाई भारतको कारागारमा चलान गरिएको छ । बाँके नौबस्ता-७ का ३५ वर्षीया तुलसी बस्नेत, २६ वर्षीया देवीसरा बस्नेत र ३० वर्षीया लालसरा बस्नेतलाई भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्ला कारगारमा चलान गरिएको हो ।
 नेपालगन्जबाट रिक्सामा सीमावर्ती बजार रुपैडियातर्फ जाँदै गरेको अवस्थामा चार किलो १० ग्राम चरेससहित उनीहरु पक्राउमा परेको भारतीय प्रहरीले जनाएको छ । रासस
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved