Headlines News :
Home » » सिनेमा बनाएपछि पनि कपाल काटेनन् राजकुमारले

सिनेमा बनाएपछि पनि कपाल काटेनन् राजकुमारले

Written By Unknown on Tuesday, October 30, 2012 | 1:58 AM


चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइको कामको चर्चा जति हुन्छ त्यति नै चर्चा बेला बेलामा उनको कपालको पनि हुन्छ । एउटा जिम्मेबार पद सम्हालिसक्दा समेत राजकुमारले लामै कपाल पाल्दा आलोचना पनि सहनु परेको छ ।
चलचित्र ‘पापि मान्छे २’ पछि ३ बर्ष सिनेमा नबनाएका उनले निर्माता संघको अध्यक्ष पद सम्हालेको २ बर्ष बढि भैसकेको छ । राजकुमारले आफुले नयाँ सिनेमा निमाणको घोषणा गरेपछि कपाल काट्ने अभिव्यक्ति केही समय अघि दिएका थिए । तर उनले निर्माण गरेको चलचित्र ‘प्रोड्युसर’ को छायांकन अन्तिम चरणमा पुगिसकेको छ । सिनेमाको छायांकन सकिन लाग्दा समेत राजकुमारले आफ्नो बचन पुरा गरेका छैनन् ।
निर्माता संघको अध्यक्ष भैसकेपछि अधिकांश सिनेमा सम्वन्धी कार्यक्रममा उनी प्रमुख अतिथी बनेर पुगिरहेका हुन्छन् । तर कपालले उनको व्यक्तित्वमा असर पारिरहेको धेरैको टिप्पणि छ । सिनेमा निर्माणको सुरुवातमै कपाल काट्ने उद्घोष गरेका राजकुमारले अझै सम्म पनि आफ्ना बाचा पुरा गर्न नसक्नु आफैमा दुखलाग्दो कुरा हो । हेरौ, उनले आफ्नो बचनलाइ कहिले सार्थकता दिनेछन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved