Headlines News :
Home » » एसएसपी श्रेष्ठ निलम्बित

एसएसपी श्रेष्ठ निलम्बित

Written By Unknown on Wednesday, October 31, 2012 | 2:31 AM


काठमाडौ, कार्तिक १५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा तस्करीमा मुछिएका एसएसपी रविराज श्रेष्ठ लाई निलम्बन गरिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बुधबार उनलाई निलम्बन गरेको हो ।
प्रधान कार्यालयले मंगलबार श्रेष्ठलाई निलम्बनका लागि सिफारिस सहितको पत्र मन्त्रालयमा पठाएको थियो । गृह प्रवक्ता सह सचिव शंकर कोइरालाले श्रेष्ठलाई ३ महिनाका लागि निलम्बन गरिएको बताए । 'उक्त अवधिमा श्रेष्ठले सफाई पाए पुर्नवहाली हुन्छ अभियोग प्रमाणित भए उनलाई थप कारवाही हुन्छ,' कोइरालाले भने ।  श्रेष्ठलाई निलम्बन गरिएको पत्र गृहले आजै प्रधान कार्यालयमा पठाएको छ ।
विमानस्थलमा विदेशी मुद्रा तस्करीमा उच्च प्रहरीको संलग्नताको आशंका गरिएपछि प्रधान कार्यालयले एआइजी भीष्म प्रसाईंको अध्यक्षतामा छानविन समिति गठन गरेको थियो । प्रसाईंको समितिले मुद्रा तस्करीमा श्रेष्ठको संलग्नता देखाउादै कारवाहीको सिफारिस गरेको थियो ।
 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved