Headlines News :
Home » » हाफ कट्टु र पेन्टी कस्तो हुन्छ नायिका शुष्माले चिनाईदिने (फोटो फीचर सहित )

हाफ कट्टु र पेन्टी कस्तो हुन्छ नायिका शुष्माले चिनाईदिने (फोटो फीचर सहित )

Written By Unknown on Wednesday, October 31, 2012 | 1:51 PM


यो फोटो राम्रो संग हेर्नुस् त ! यो फोटो अहिले चर्चामा रहेकी नायिका शुष्मा कार्कीको हो । शुष्मा आफ्नो अभिनय भन्दा पनि अंग प्रदर्शनबाट बढि चर्चामा छिन् । ब्लकबस्टर फिल्म लुटको आईटम नम्बर ‘उध्रेको चोली’ बाट चुलिएको उनको चर्चा यतिबेला फिल्म ‘बिन्दास’ सम्म आईपुग्दा अझै बढेको छ । हाल विन्दासको सुटिङमा ब्यस्त रहेकी शुष्माले यो फोटोको विषयमा लामो समय पछि खण्डन गरेकी छन् ।
केहि महिना मलेशियाको एउटा कार्यक्रममा नाच्ने क्रममा वान पिस ड्रेसको साथमा पेन्टी समेत देखिने गरि प्रकट हुँदा खिचिएको शुष्माको यो फोटो संचारमाध्यमले गलत रुपमा प्रयोग गरेको उनले आरोप लगाएकी छन् । ‘मैले वान पिस भित्र लगाएको कपडा पेन्टी नभई हाफ कट्टु हो’ पोखरा स्थित विग एफएमको कार्यक्रम फिल्म डटकमसंग कुराकानी गर्दै शुष्माले भनिन्- ‘कट्टु र पेन्टी पनि नछुट्याउने नेपाली संचारमाध्यम कस्तो खाले हुन् ?’
‘मैले बारबार त्यो फोटोमा भित्र पट्टि लगाएको हाफ कट्टु नै हो भनेर भन्दा पनि उल्टो तरिकाले लेख्छन्’, उनले कड्किँदै भनिन्- ‘यीनिहरुलाई हाफ कट्टु र पेन्टी कस्तो हुन्छ भन्ने कु्रा पनि थाहा छैन कि के हो ? बरु थाहा छैन भने मै उनीहरुको अगाडी गएर कस्तो हुन्छ देखाईदिन्थेँ ।’ एउटा नायिका भएर संचारमाध्यमलाई गाली गर्दैमा आफ्ना कर्तुतबाट बचिन्छ भन्ने सोँच हो भने त यी नायिकाको कुरा पनि ठिकै होला तर यो फोटोले प्रस्टसंग बताउँछ कि यो पेन्टि हो या हाफ कट्टु । यसै विषयमा विग एफएमका लागी प्रस्तोता संजोग बस्यालसंग चर्काचर्की हुँदा अन्ततः उनले फोन नै काटिदिईन् ।
यस्तै हाल छायाँकनमा रहेको फिल्म ‘बिन्दास’ मा आफू बिन्दास भएर देखिने शुष्माले बताईन् । फिल्मको कथा निकै मन परेको भन्दै शुष्माले मानसिक रूपमा नै तयार भएर बिन्दास भएर हट सिन दिन नहिचकि चाएको उनले बताईन् । फिल्ममा बेड सिन, किस सिन दिन शुष्माले कुनै कन्जुस्याईं नगरेको निर्देशक राजु गिरि को पनि भनाइ छ ।
हाल चर्चामा रहेको फिल्म एटिएमलाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै शुष्माले त्यस्ता सिनलाई दर्शकले पचाउने भएकाले आफू पनि त्यस्ता दिन सिन गार्‍हो नमान्ने बताईन् । नायिका शुष्मासँग लिईएको अर्न्तवार्ता यस्तो छ सुन्नुस् र मूल्याङ्कन गर्नुस् अनि हेर्नुस् शुष्माको फिल्म बिन्दासका केहि तस्विरहरू -

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved