Headlines News :
Home » » राजकुमारी डायनाको भूमिकामा डुबिन नाओमी

राजकुमारी डायनाको भूमिकामा डुबिन नाओमी

Written By Unknown on Monday, October 22, 2012 | 8:28 PM

लस एन्जलस, कार्तिक १, हलीउड अभिनेत्री नाओमी वाट्सले नयाँ फिल्म `डायना` मा राजकुमारी डायनाको भूमिकामा अभिनय गरेकी छन् । उनले यस भूमिकाका लागी आफुमा निकै परिवर्तन गरेकी थिइन् । जसका कारण उनको यो भूमिकालाइ मानिसहरूले निकै तारिफ समेत गरेका छन् ।




यो फिल्म सन १९९७ मा एक सडक दुर्घटनामा डायनाको मृत्यु हुनुभन्दा दुइ बर्ष पहिलेको उनको जिवनमा केन्द्रित रहेर बनाइएको छ ।वेबसाइट `दसन डट को डट यूके` का अनुसार ४४ वर्षीया नाओमीले विस्फोटनमा आफ्नो एक खुट्टा गुमाएका अंगोलाका एक बच्चाका साथ शूटिङ गरिरहेकी छन् । जसमा उनले डायनाको जस्तै कपडाहरू लगाएकी थिइन् ।




यस फिल्मको निर्देशन ओलिवर हिर्सबीगल ले गरेका हुन् । यस फिल्मको प्रदर्शन सन २०१३ मा हुने कुरा निर्माण संस्थाले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved