Headlines News :
Home » » निर्वाचनमा जाने निर्णयप्रति कांग्रेस पूर्व सभासदहरुको आपत्ति

निर्वाचनमा जाने निर्णयप्रति कांग्रेस पूर्व सभासदहरुको आपत्ति

Written By Unknown on Thursday, November 1, 2012 | 1:53 AM


१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभासदहरुले संविधानसभाकै अर्को निर्वाचनमा जाने पार्टी केन्द्रीय समितिको निर्णयप्रति आपत्ति जनाएका छन् ।
७६ जना पूर्व सभासदहरुले संयुक्त विज्ञप्ती जारी गरि विवादीत विषयमा तत्काल सहमति कायम गरी छोटो समयको लागि संविधानसभा पुनःस्थापना गरी संविधान जारी गर्नु पर्ने अडान दोहोर्‍याएका हुन् । संविधानसभा पुनःस्थापनाको विकल्पलाई अस्वीकार गर्दै कांग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकले सुरुको एक वर्ष संविधानसभाको र बाँकी ४ वर्ष संसदको काम गर्ने गरी नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो ।
आफूहरु निर्वाचनको विरोधी नभएको भन्दै पूर्व सभासदहरुले भनेका छन्-’हामी निर्वाचन विरोधी होइनौं । सहमतिका आधारमा संविधान जारी गरी संविधानमा भएको व्यवस्था अनुरुपको निर्वाचनका पक्षमा हामी छांै । यसै वाट मात्र देशले निकास पाउँदछ ।’ कांग्रेसका पूर्व सभासदहरुले निर्वाचनमा जान संविधान संशोधन गर्न पनि पुनःस्थापनाको विकल्प नभएको बताउँदै आएका छन् ।
पूर्व सभासदहरुले बाधा अड्काउ फुकाउको माध्यमबाट संविधान संशोधन गर्न सकिने पार्टी निर्णयप्रति पनि आपत्ति जनाएका छन् । पूर्व सभादहरुको विज्ञप्तीमा भनिएको छ-’संविधान संशोधन जस्तो महत्वपूर्ण सवालका सन्दर्भमा जन निर्वाचित जनप्रतिनिधि मार्फत मुलुक चल्नु पर्दछ भन्ने मान्यता वोकेको ऐतिहासिक पार्टीले कार्यकारिणी मार्फत् संविधान संशोधन गर्न सकिन्छ भन्ने निर्णय गर्दा हामी आश्चर्यचकित भएका छौं ।’
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पुनःस्थापनाको पक्षमा रहेपनि सभापति सुशील कोइराला निर्वाचनको पक्षमा हुनुहुन्छ 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved