नाइटक्लब, बेश्यालय, पब, डिस्कोथेक र मसाज- बैंकक आउनेहरूको पहिलो आकर्षण। धित मरुन्जेल यौनको प्यास मेट्न पाइने सहर। यौनबिना यो सहरको परिचय अपुरोझैं लाग्छ। छदिने बैंकक बसाइबाट निष्कर्षमा पुगेँ, बैंकक सेक्स हैन, मुस्कानको सहर हो। यो स्वादिस्ट परिकारले भरिएको सहर हो। बुद्ध मन्दिर, दरबार, मरिन पार्क, खुल्ला चिडियाखाना जंगल सफारी, स्काइ होटललगायत यहाँ अरू थुप्रै आकर्षण छन्। यद्यपि बैंकक सेक्स पारखीको तिर्खा मेट्ने सहरको परिचयमै खुम्चिएको छ।
थाइल्यान्डमा कुल जनसंख्यामध्ये १० प्रतिशत उच्च वर्गका छन्। २० प्रतिशत मध्यम। बाँकी ७० प्रतिशत गरिब। राज्यलाई आर्थिक रूपमा अगाडि बढाउने प्रमुख स्रोत नै पर्यटन हो।
सेक्स सिटीको परिचयले वार्षिक २ करोड पर्यटक भिœयाएर आर्थिक समृद्धि अघि बढाए पनि अहिले थाई मन पोलिरहेको छ। सिसाभित्र राखिएका आफ्ना चेलीको देहसुखमा रौसिने परदेशीको भिडले उनीहरूको मन चिमोट्दै छ। अब यो सहर परिचय बदल्न चाहन्छ।
आफ्ना पाहुनाको भ्रमणसूचीमा हुने प्लाटिनम बार, रेड लेबल इन्टरटेनमेन्ट सेन्टर, नाना इन्टरटेनमेन्ट प्लाजा र थाई मसाजको बहानामा खुलेका अघोषित यौन कोठीको सूची परिर्वतन गर्न चाहन्छन् उनीहरू।
उनीहरू पर्यटकलाई डल्फिनको रोचक खेल हेर्न पाइने मरिन पार्क, खुला चिडियाखाना जंगल सफारी, बुद्ध मन्दिर र पार्क जान पनि हौस्याउँदै छन्। सहरको सबैभन्दा ठूलो भवन स्काइ होटल जान पनि।
पथप्रदर्शकले बैंककको मध्य भागस्थित चोक देखाए।
सन् २००६ मा सैनिकको सहयोगमा थाक्सिन सिनावात्रालाई सत्ताच्यूत गराएर विपक्षी नेता अभिसित बेजाजिभा सत्तामा पुगेका थिए। उनै बेजाजिभालाई सत्ताच्यूत गराउन थाक्सिन समर्थकले आन्दोलन सुरु गरेका थिए।
रातो टिसर्ट लगाएर सडकमा उत्रिएका मध्यम वर्गविरुद्ध बेजाजिभा समर्थक पहेँलो टिसर्टमा उत्रिए। विजय रातो टिसर्टवालाको भयो। प्रवासमा रहेका थाक्सिन सत्तामा फर्कन नसके पनि उनकी बहिनी यिङलक सिनावात्रा प्रधानमन्त्री भइन्। ‘थाई सरकारविरुद्ध रातो टिसर्टधारीले आन्दोलन गरेको स्थान यही हो, यहींबाट सुरु भएको आन्दोलनले सरकार बदलेको थियो,’ पथप्रदर्शक हामीलाई त्यही चोक देखाउँदै थिए।
बैंककले विकासको प्रारम्भ उत्तरबाट दक्षिणतिर बगेको चाओ पराया नदी किनारबाट गरेको
थियो। अहिले यो सहर चारैतिर फैलिसकेको छ। यद्यपि चाओ नदी अहिले पनि बैंककको रक्तनली हो। नदीको पश्चिमतिर पुरानो बैंकक छ जहाँ धेरै व्यापारिक संस्था छन्। घुमन्तेका लागि नदीपूर्व फैलिएको सहर आकर्षणको केन्द्र हो।
थियो। अहिले यो सहर चारैतिर फैलिसकेको छ। यद्यपि चाओ नदी अहिले पनि बैंककको रक्तनली हो। नदीको पश्चिमतिर पुरानो बैंकक छ जहाँ धेरै व्यापारिक संस्था छन्। घुमन्तेका लागि नदीपूर्व फैलिएको सहर आकर्षणको केन्द्र हो।
सन् १९८० र १९९० मा एसियामा लगानी बढ्यो। धेरै बहुराष्ट्रिय कम्पनीले बैंककमा क्षेत्रीय कार्यालय खोल्न थाले। बिस्तारै बैंककको प्रभाव बढ्दै गयो। अहिले यसको जनसंख्या करिब २ करोडको हाराहारीमा छन्।
आलिसान सपिङ मल, भिडभाड सडक, थाइ भोजन, इन्टरटेनमेन्ट सेन्टरकी युवतीले मात्रै पूर्ण हुन्न बैंकक घुमाइ। सहरको आकर्षण यसको विरासत पनि हो।
चाओ पराया नदीपूर्व रहेको ग्रान्ड प्यालेस सन् १७८२ मा सम्राट राम प्रथमको शासनकालमा बनेको थियो। यसको निर्माणअघिसम्म शाही परिवार नदीपश्चिम दोनबुरीमा रहेको महलमा बस्थ्यो। यो भवन बनेपछि शाही परिवार यहाँ सर्यो।
पछि राजपरिवारका लागि सहर मध्यभागमा आवासगृह बनाएर यो परिसरलाई संग्रहालय बनाइयो। २ लाख १८ हजार वर्गमिटरमा फैलिएको यो क्षेत्रमा रहेका बुद्धमन्दिर, राजदरबार र सरकारी भवन घुम्दा दुई घन्टा यसै बित्ने रहेछ। संग्रहालय प्रवेश गर्ने हो भने थप तीन घन्टा चाहिन्छ।
हिन्दू धर्मावलम्बी यो क्षेत्रमा पुग्दा रमाउँछन्। रावण, हनुमान, गरुडका मूर्ति ठाउँठाउँ
देखिन्छन्। तर, नेपालभन्दा फरक खालका। पथप्रदर्शकले चिनाएको हनुमान हेर्दा अचम्म लाग्यो। पथप्रदर्शकले भने, ‘यी थाइ भर्सन हुन्।’
देखिन्छन्। तर, नेपालभन्दा फरक खालका। पथप्रदर्शकले चिनाएको हनुमान हेर्दा अचम्म लाग्यो। पथप्रदर्शकले भने, ‘यी थाइ भर्सन हुन्।’
सोही क्षेत्रमा रहेको इमराल्ड बुद्धमन्दिर राजदरबार जत्तिकै प्रख्यात। दर्शनार्थीको भिड थियो। दरबार परिसरको सुरक्षामा सेना खटिए पनि यो मन्दिरको सुरक्षा भने निजी सुरक्षाकर्मी गर्दै थिए।
१ सय ६५ किलोमिटर टाढाको समुद्री सहर पतायाको रात्रिजीवन साँझ ६ बजेदेखि बिहानसम्मै चल्छ। चहलपहल सुरु भएपछि करिव ८ सय मिटर लामो क्षेत्रमा सवारीसाधन छिर्न पाउँदैनन्। यसको नाम हो वाकिङ स्ट्रिट। रेडलाइट जोन। कदमकदममा प्रस्ताव आउँछन्।
यो यौन सुखलाई मात्र खोलेको बजार भने हैन। वाकिङ स्ट्रिट पार गरेर समुद्रमाथिको पुलमा बस्नुको मजा बेग्लै हुन्छ।
पतायामा अर्को अनमोल खजाना छ- कोलान। आठ किलोमिटर दुरीमा रहेको यो टापुमा पुग्न करिब ३० मिनेट जलयात्रा गर्नुपर्छ। निलो पानीनजिकै ताजा समुद्री खाना खाँदै किनारमा पल्टँदा धार्मिकग्रन्थमा वर्णन गरेको स्वर्ग यही होजस्तो लाग्छ।
No comments:
Post a Comment