Headlines News :
Home » » रेजिनाको चोली उध्रदा

रेजिनाको चोली उध्रदा

Written By Unknown on Tuesday, November 6, 2012 | 12:07 AM


नायिका सुष्मा कार्कीले ‘लुट’ सिनेमाको उध्रेको चोलीमा कम्मर मर्काउदा उनको चर्चा खुबै भयो । यो गीतमा अभिनय गरेपछि सुष्मा आइटम गीत र स्टेज कार्यक्रममा सबैभन्दा व्यस्त भइन् ।
सुष्मा कार्कीले नृत्य गरेको ‘उध्रेको चोली छ है’ बोलको गीतमा अर्की एक नायिकाले समेत कम्मर मर्काएकी छिन् । लण्डनमा रहेकी नायिका रेजिना उप्रेतीले त्यहा आयोजीत एक कार्यक्रममा ‘उध्रेको चोली छ है’ मा नृत्य गर्दा माहोल गर्मिएको थियो । नेपाल फोरम बेलायतले विजयादशमी तथा दिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा रेजिनाले यो गीतमा नृत्य गरेकी हुन् । साउथ इष्ट लण्डनमा छरिएर रहेका नेपालीहरुलाई एकै साथमा भेला गराएर शुभकामना आदन प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा रेजिनाले नृत्य गरेकी हुन् ।

लण्डनमा रहेकी रेजिनालाई यतिबेला भ्याइनभ्याई छ । रेजिना लण्डन पुगेको खबर संचारमाध्यममा आएपछि उनलाई कार्यक्रममा समावेश गराउनेहरुको भिड नै लागेको छ । प्रेमी सुरज पोखरेललाई भेट्न रेजिना लण्डन पुगेको खबर संचारमाध्यममा बाहिरिएको थियो । तर नायिका उप्रेतीले भने आफू चलचित्र ‘बरदान’ को विशेष शो गर्नका लागि बेलायत आएको बताएकी छिन् । रेजिनाले चलचित्र ‘बरदान’ को लण्डनमा पि्रमियर गर्ने र दर्शकको प्रतिक्रिया लिने समेत जानकारी दिएकी छिन् ।

नेपाली सिनेमा क्षेत्रमो माग घट्दै गएपछि रेजिना प्रेमी सुरजसँग बिहे गरी लण्डन नै बस्ने सोचका साथ त्यहाँ पुगेको बताइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved