Headlines News :
Home » » सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको सुझाब

सहमतिमा बजेट ल्याउन राष्ट्रपतिको सुझाब

Written By Unknown on Thursday, November 1, 2012 | 2:14 AM


१६ कात्तिक, काठमाण्डौं । राष्ट्रपति डा. रामबरण यादबले दलहरुबीचको सहमतिमा मात्र बजेट ल्याउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । आज विहान राष्ट्रपतिको कार्यालय शीतल निवासका भएको राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटमा उहाँले वर्तमान अवस्थामा प्रतिपक्षि दलको साथ बिना कुनै काम गर्न नसकिने भएकाले उनीहरुलाई साथमा लिएर सहमति मै बजेट ल्याउन सुझाब दिनुभएको हो ।
भेटमा प्रधानमन्त्रीले देशको पछिल्लो राजनीतिक अवस्था र राजनीतिक संकट समाधानका लागि सरकारले चालेको कदम र बजेट ल्याउने विषयमा भइरहेको तयारीका बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
सरकारले यस अघि ल्याएको एक तृतियांश बजेट सकिनै लागेकाले दलहरुबीच सहमति नभए अध्यादेशबाटै भएपनि बजेट ल्याउन सत्तारुढ दलहरुले सहमति गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको हो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved