Headlines News :
Home » » यौनभन्दा फेसबुकमा रुचि

यौनभन्दा फेसबुकमा रुचि

Written By Unknown on Thursday, November 1, 2012 | 5:15 AM


बर्लिन (एजेन्सी), कार्तिक १६ - मनोविज्ञानसम्बन्धी जर्नल 'साइकोलोजिकल साइन्स' मा प्रकाशित एक लेखमा जर्मनमा युवापिँढीको प्रवल चाहना सेक्सभन्दा फेसबुक वा टि्वटर जस्ता सामाजिक सञ्जालप्रति बढी भएको भनिएको छ ।
यो शोधमा २ सय ५ महिला पुरुषमाथि सर्वेक्षण गरिएको थियो । अधिकांश सहभागी स्कुल वा क्याम्पसमा अध्ययनरत छात्रछात्रा थिए । स्मार्टफोनको सहयोगले गरिएको यो शोधमा उनीहरूको दैनिक रुचि र इच्छाबारे जान्ने प्रयास गरिएको थियो । सातासम्म दैनिक सात पटक फोन गरेर उनीहरूलाई पाउन चाहेको वा खोजी गरिरहेको सामग्रीबारे प्रश्न गरिन्थ्यो । सेक्स चाहना तीव्र भए पनि त्यसलाई नियन्त्रण गरेर ईमेल वा सोसियल मिडियाको प्रयोगमा उनीहरू बढी केन्दि्रत भएको देखिए । सहज उपलब्ध हुने हुनाले फेसबुक, टि्वटर र ईमेल जस्ता माध्यमको प्रयोग गर्नुबाट आफूलाई निकै कठिन हुने शोधमा भनिएको छ । सेक्स गर्नुभन्दा फेसबुक अपडेट गर्नु वा ईमेल चेक गर्नु बढी सजिलो भएको हुनाले उनीहरू यतातिर मोडिएको शोधमा भनिएको छ । दक्षिण क्यालिफोर्नियाकी क्यारेन नोर्थ यससँग आवद्ध छिन् । 'सेक्सको चाहना निकै तीव्र हुन सक्छ, तर यो धेरै हदसम्म उपलब्ध अवसरमा निर्भर गर्छ,' उनी भन्छिन्, 'अचेल हरेक दुई मिनेटमा एसएमएस हेर्छौं, निरन्तर फोन चेक गर्छौं, यो रोकिने प्रक्रिया होइन ।'


Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved