Headlines News :
Home » » एकघण्टा परपुरूषसंग सुतेको मिनेटको १ डलर

एकघण्टा परपुरूषसंग सुतेको मिनेटको १ डलर

Written By Unknown on Thursday, November 8, 2012 | 7:22 AM


एक जना युवतिको बारेमा सुन्दा तपाइँलाइ अचम्म लाग्ला ।  जो कुनै अपरिचित पुरुषहरुसँग एक मिनेट सुतेको १ डलर तथा एकघण्टा सुतेको ६० डलर लिने गर्दछिन । २९ वर्षीया ज्याकी स्यामुअल नाम गरेकी ती युवतीले यस प्रक्रियालाई आफ्नो पेशा नै बनाएकी छिन् । उनीसँग सुत्ने पुरुषले यस क्रममा कुनै प्रकारको अश्लील कार्य गर्न भने पाउँदैन् ।

भनाइको मतलब उनीसंग जो पुरुष सुत्दछन, त्यस क्रममा ती पुरूषले कुनै प्रकारको यौन जन्य कृयाकलाप भने गर्न पाउँदैनन् । ती युवतीले यस प्रकारको पेस अगाल्नुको पछाडी उनी र बच्चाको लागि पढाइ खर्च जुटाउनु रहेको छ ।

]

यदि कुनै पुरुष ज्याकीले सँग एकदिन पुरा सुत्दछन भने उनले ज्याकीलाइ ३ सय ६० डलर तिर्नुपर्नेछ । उनलेले आफ्नो यस्तो कार्यलाई व्यवसायिक पेशाका रूपमा लिएकी छन् ।

ज्याकीका अनुसार उनी संग सुत्ने ग्राहक सामान्य मानस मात्र नभै अपराधी तथा सैनिक जोकोही पनि हुन सक्छन् । उनी विशेषगरी त्यस्ता व्यक्तिहरुको आवश्यकता बनेकी छिन्, जसका पत्नीहरूको मृत्यु भईसकेको छ वा कुनै पुरुष श्रीमतीसँग सम्बन्ध विच्छेद गरि एक्लै बसेका छन् । आफुले गरेको यस पेसका कारण उनी त्यस्ता पुरुषहरुलाई मानसिक र भावनात्मक रुपमा सहारा मिल्ने बताउँछिन् ।

यस पेसाका आफ्नै नियमहरू समेत उनले राखेकी छन, जस क्रममा उनीसँगै सुतेको समयमा ती पुरूषले कुनै प्रकारको अश्लील कुरा, चुम्बन, संवेदनशील अंग छुने या यौन सम्पर्क लगायत केही पनि कार्य गर्न पाउने छैन ।उनको यस प्रकारको अचम्मको पेशाका कारण उनलाई कलेजबाट निकालिदिने धम्की समेत दिइएको उनले बताएकी छन् । कतिपय मानिसहरूले त उनलाई ‘वेश्या’ समेत भन्न पछि परेका छैनन् ।

उनले यस प्रकारको आफ्नो पेशालाई अनलाइन मार्फत विज्ञापन गर्ने गर्दछिन ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved