Headlines News :
Home » » अबैध युयान सहित चिनियाँ नागरिक पक्राउ

अबैध युयान सहित चिनियाँ नागरिक पक्राउ

Written By Unknown on Friday, November 2, 2012 | 12:15 AM


काभ्रे, कार्तिक १७ - अबैध रुपमा चिनियाँ मुद्रा युयान ओसारपसार गर्ने दुईचिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयबाट अरनिको राजमार्गमा खटिएको टोलीले दोलालघाटबाट उनीहरुलाई युयान सहित पक्राउ गरेको हो ।
चिनियाँ बजार खासा तर्फ जाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमाचिनियाँ नागरिक यो लियनगिल्न र योङ याङ छन् । पक्राउ परेका लियनगिल्नको साथबाट १ सय दरका ३ सय ६३ थान र याङबाट ५० दरका २६ थान युयान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख गीता उप्रेतीले बताईन । 'बरामद अबैध युयान सहित पक्राउ परेको दुवैलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान बिभागमा पठाएका छौ' उनले भनिन् 'आधिकारिक निकायको अनुमति बिना ठुलो परिमाणमा बिदेशी मुद्रा ओसार पसार गर्न पाईदैन ।'
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved