Headlines News :
Home » » अयोग्य लडाकूलाई रकम बाड्नु राज्यकोषको दुरुपयोग : एमाले

अयोग्य लडाकूलाई रकम बाड्नु राज्यकोषको दुरुपयोग : एमाले

Written By Unknown on Thursday, November 1, 2012 | 1:55 AM


१६ कात्तिक, काठमाडौं । नेकपा एमालेले अन्मिनको प्रमाणिकरणमा अयोग्य प्रमाणित माओवादीका पूर्व लडाकूलाई जनही दुई लाख रुपैयाँ दिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । एमाले अध्यक्ष झलनाथ खनालले बिहीबार विज्ञप्ति जारी गरी पूर्व लडाकूलाई रकम दिने े निर्णय फिर्ता लिन समेत माग गर्नु भएको छ ।
विज्ञप्तीमा भनिएको छ-’अयोग्य लडाकूलाई रकम बाड्ने सरकारको निर्णय मानवअधिकार बिरोधी कदम, नीतिगत भ्रष्टाचार र राज्यकोष दुरुपयोग घिनलाग्दो नमूना हो ।’ एमालेले अयोग्य लडाकूलाई राजनीतिक स्वार्थका लागि राज्यकोषको झण्डै ६० करोड रुपैयाँ बाड्नु राज्यकोषको दुरुपयोग हुने बताएको छ । उसले सरकारको यस्तो कार्य भ्रष्ट एवम् घृणित भएको भन्दै विरोध गरेको छ । सरकारले अन्मिनले अयोग्य ठहर्‍याएका करिव ४ हजार पूर्व लडाकूहरुलाई राहत स्वरुप जनही दुई-दुई लाख दिने निर्णय गरेको छ ।
एमालेले द्वन्दकालमा सुरक्षा अंग छोडेका पूर्व सुरक्षाकर्मीहरुलाई राहतका नाममा राज्यकोषको दुरुपयोग गर्ने सरकारको तयारीप्रति पनि विरोध जनाएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved