Headlines News :
Home » » शान्तिमायाको सहयोगार्थ इजरायलमा धमाका हुने

शान्तिमायाको सहयोगार्थ इजरायलमा धमाका हुने

Written By Unknown on Friday, November 9, 2012 | 9:16 AM


५ बर्षसम्म कुवेतको फर्बानिया अस्पतालामा कोमामा उपचार गर्दासमेत निको नभएपछि मृत्युसँग लडिरहेकी मकवानपुरकी शान्तिमाया तामाङको सहयोर्गा इजरायलमा भव्य सांकृतिक कार्यक्रम हुने भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरुको सहभागिता रहने छ । गायक हिमाल सागर, प्रमोद खरेल, जीवन लामा का साथमा हाँस्यकलाकार सुरज चापागाई-बान्द्रे) को बिशेष प्रस्तुती रहने छ ।
जवनरी ११ मा हुन लागेको यो कार्यक्रमको आयोजना अन्तरराष्ट्रिय कलाकार समाजले गर्न लागेको हो ।
मकवानपुरकी शान्तिमाया साढे ६ बर्ष अघिदेखि अर्धचेतन अवस्थामा छिन् । बैदेशिक रोजगारका लागि कुबेत पुगेकी उनी घरमालिकको यातना सहन नसकी ३ तले घरबाट फाल हालेकी थिइन् । ५ बर्षसम्म कुवेतको फर्बानिया अस्पतालमा उपचार गर्दा समेत निको नभएपछि उनलाई गत बर्ष नेपाल सरकारले उपचारको जिम्मा लिएर कुबेतबाट नेपाल झिकाई पाटन अस्पातलमा भर्ति गराएको थियो ।
तर पाटन अस्पतालमा उपचार सम्भव नभएपछि डिस्चार्ज गरिएको थियो । आर्थिक अभावका कारण मृत्युसँग लडिरहेकी शान्तिमायालाई सहयोग गर्ने उद्देश्य लिएर सांकृतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved