Headlines News :
Home » » शुक्रकिट सुधार्ने टिप्स

शुक्रकिट सुधार्ने टिप्स

Written By Unknown on Thursday, November 1, 2012 | 11:15 PM


वैज्ञानिकहरुले आधुनिक जीवनशैली तथा खानपानको अस्वस्थता लगायतका कारणले पुरुषहरुमा शुक्रकिटको संख्या मात्र नभै गुणस्तर पनि खस्कँदै गएको र यसले अन्ततः पुरुषहरुको प्रजनन क्षमता घट्दै गएको बताएका छन् । अध्ययनले पनि ५० वर्षघि पुरुषको एक मिलिमिटर विर्यमा ११ करोड ३० लाख वटा शुक्रकिट हुने गरेकोमा अहिलेका पुरुषहरुमा औषतमा १ मिलिमिटर विर्यमा जम्मा ४ करोड ७० लाख वटा मात्र शुक्रकिट हुने गरेका छन् ।

बढ्दो तनाव, मोटोपन, खराब जिवनशैली तथा प्रदुषण पुरुषहरुको पुरुषत्वका लागि चुनौति बनिरहेको छ । विज्ञहरुले खानपान र जिवनशैलीमा सुधार गर्न सकिएमा मात्र पनि हरेक पुरुषले आफ्नो शुक्रकिटको संख्यामा बढोत्तरी गर्दै शुक्रकिटको गुणस्तर समेत बढाउन सक्ने बताउँछन् । शुक्रकिट सुधार्न निम्नानुसारका उपाय कामयावी हुने बताइएको छ ।
  • धूमपानलाई बाइबाइ भन्नुहोस्
  • दैनिक व्यायाम तथा योगा गर्नुहोस्
  • सन्तुलित वजन कायम राख्नुहोस्, -न बढी मोटाउनु राम्रो हो, न त बढि दुब्लाउनु)
  • हप्तामा कम्तिमा एकदिन तातो पानीले नुहाउनुहोस्, तर तपाइँले नुहाउने पानी ४० ड्रि्री सेल्सियस भन्दा कम तापक्रमको हुनर्ुपर्छ । बढि तातो पानीले शुक्रकिटलाई असर गर्छ ।
  • पाइन्टको गोजीमा मोबाइल फोन नराख्नुहोस् । यसको विकिरणले अण्डकोषलाई असर पूराउँछ ।
  • गुप्तांगलाई बढी कँस्ने साँघुरा पेन्टी वा कट्टु नलगाउनुहोस् ।
  • सेक्सका बेला अत्यधिक लुब्रिकेन्टको प्रयोग नगर्नुहोस
  • बढि कफीको सेवन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ, त्यसैले दिनको दुइ कप भन्दा बढि कफी सेवन नगर्नुहोस् 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved