Headlines News :
Home » » सनी सबैभन्दा खतरनाक

सनी सबैभन्दा खतरनाक

Written By Unknown on Thursday, November 1, 2012 | 5:12 AM


मुम्बई (एजेन्सी), कार्तिक १६ - पोर्न स्टार सनी लियोनीबाट बच्नुहोला । उनी सबैभन्दा खतरनाक सेलिब्रेटीमा परेकी छन् । यो सूची भने उनको वास्तविक चरित्रका आधारमा नभई इन्टरनेट प्रयोगमा उनका तस्बिरले उत्पन्न गर्ने जोखिमका कारण हो । इन्टरनेटको साइबर स्पेसमा सनीको खोजी गरेमा अश्लील साइटको लिंकमा जाने खतरा अन्य सेलिबे्रटीमा भन्दा बढी देखिएको हो । म्याकएफी नामक संस्थाले गरेको उक्त तथ्यांकले ९.९५ प्रतिशत जोखिममा सनीले बलिउड सेलिब्रेटी कटि्रना कैफ  (८.२५ प्रतिशत) र ६.६७ प्रतिशत जोखिम भएकी करिना कपुरलाई उछिनेकी हुन् । गतवर्षको सबैभन्दा खतरनाकको सूचीमा रहेकी 'जब तक हे जान' हिरोइन कटि्रना यसपालि दोस्रोमा धकेलिएकी हुन् । वर्षकै नम्बर एक नायिकाको सूचीमा पर्न सफल करिनालाई इन्टरनेटमा बढी खोजिने सम्भावनाका आधारमा उनका तस्बिरबाट अश्लील साइट लिंक गराउनेमा तेस्रोमा परेकी हुन् । 'बर्फी' नायिका पि्रयंका चोपडा पनि ६.५ प्रतिशत जोखिम सहित विपाशा वसु र 'डर्टी पिक्चर' विद्या बालनलाई पछि पार्दै चौथो खतरनाक  बलिउड सेलिब्रेटी बनेकी हुन् । मुख्य १० खतरनाक सेलिब्रेटीको सूचीमा दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, मोडल पुनम पाण्डेको पंक्तिमा नायक सलमान खान पनि परेका छन् । उनीहरूका बारेमा इन्टरनेटमा खोजी गर्नेका लागि सजग गराउने उद्देश्यले वर्षेनि यस्तो सूची सार्वजनिक गरिँदै आएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved