Headlines News :

Written By Unknown on Wednesday, November 7, 2012 | 4:04 AM

टोक्यो २२ कात्तिक,  एक युवतीको हत्या अभियोगमा करिव १५ बर्ष जापानमा जेल जीवन बिताएका गोविन्दप्रसाद मैनाली पूर्णत निर्दो ठहर भएका छन् ।
आज बिहान टोक्यो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा उनी निर्दोष रहेको ठहर गरिएको छ । योसँगै उनले कानुनीरुपमा निर्दोष सावित भएका छन भने उनको क्षतिपूर्तिको प्रकृया सुरु हुने छ ।
मैनाली सहयोग समितिका सदस्य एवं एनआरएन जापानका पूर्व अध्यक्ष राजन प्रधानाङले भने- फैसलामा उनी पूर्णत निर्दोष भनिएपनि माफी भने मागिएको छैन् ।’ यसबारे आजै दिउँसो टोक्योमा पत्रकार सम्मेलन गरिने प्रधानाङ्गले बताए ।
फैसलापछि संखमुलस्थित आफ्नै निवासमा गोविन्दले आफ्नो जीत भएको खुसी ब्यक्त गरे । एक दिन सत्यको जीत हुन्छ भन्ने बिषयमा आफु बिश्वस्त रहेको भन्दै मैनालीले यो अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।
डीएनए परिक्षणका सवै नतिजामा गोविन्दको संलग्नता नभेटिएपछि अघिल्लो साता सरकारी वकिलले टोक्यो उच्च अदालतसमक्ष मैनाली निर्दोष रहेको प्रतिबेदन बुझाएका थिए । मुद्दा पुनरावलोकन हुने भएपछि चार महिनाअघि मैनालीलाई जेलमुक्त गरि नेपाल पठाइएको थियो ।
हाल मैनालीले आफ्नो १५ बर्षे जेल जीवनबारे पुस्तक लेख्दैछन् । उनले आजै दिउँसो काठमाण्डौमा पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम छ ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved