Headlines News :
Home » » लाखौ कोशिश’ बोलको गीत राजु लामाको नभएको खुलासा (भिडियो सहित)

लाखौ कोशिश’ बोलको गीत राजु लामाको नभएको खुलासा (भिडियो सहित)

Written By Unknown on Friday, November 9, 2012 | 8:12 AM


राजु लामाले आवाज भरेको ‘लाखौ कोशिश गर्दा पनि’ बोलको गीत अहिले पनि श्रोताको मुखमा झुण्डिएको छ । तर यो गीत राजु लामाले भन्दा अघि नै अर्का एक गायकले गाएको खुलासा भएको छ ।
गायक जीवन लामाले २०५९ सालमा आफ्नो पहिलो सोलो एल्बम ‘अनुभव’ मा यो गीतलाई गाएका थिए । तर २०६७ सालमा इन्दिरा पुनको कलेक्सन एल्बम ‘लाखौ कोशिश’ मा राखिएको यो गीतले चर्चा पायो । गीतको चर्चा सँगै गायक राजु लामाले यो गीत गाएको सन्देश श्रोतामा गएको थियो ।
२०५९ सालमा धौलागिरी क्यासेट सेन्टरबाट आएको ‘अनुभव’ एल्लबमको लाखौ कोशिश बोलको गीतमा दिपेन्द्रमान सिंहको संगीत समावेश थियो । तर ‘लाखौ कोशिश’ एल्बममा भने सरोज लामाको संगीत छ । इन्दिरा पुनले सरोजसँग यो गीत किनेर राजु लामालाई गाउन दिएकी थिइन् ।
गायक जीवन लामा क्यानडामा रहेकाले अन्यायमा परेर पनि केहीगर्न नसकेको बताउँछन् । उनले क्यानडाबाट भने, ‘म बिदेशमा रहेकाले कुनै कानुनी प्रक्रियामा जान सकेको छैन ।’ गायक जीवन लामा र राजु लामाले गाएको लाखौ कोशीश गर्दा पनि बोलको गीत को भिडियो यस्तो छ ः

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved