Headlines News :
Home » » ‘… अनि मलाई कसले विहे गर्छ ?’

‘… अनि मलाई कसले विहे गर्छ ?’

Written By Unknown on Tuesday, November 6, 2012 | 8:27 AM


नेपाल चलचित्रका निर्माता, निर्देशक र नायिका बिच किस सिन होस् या बेड सिन आखिर सेक्सकै मामिलामा लफडा हुने गर्दछ । चलचित्रलाई चर्चामा ल्याउन गरिएको होस् या त्यो साँचिकै असन्टुष्टीको कारणले भएको हो तर विवादले पुरै चलचित्र उधोगलाई तताउने गरेको छ ।यहि क्रममा यति बेला निर्देशक राजु गिरी र नायिका शशी खड्का बिचमा ठुलै विवाद भएको छ । रिलिजको तयारीमा रहेको चलचित्र चन्द्रावतीमा समावेस गरिएको एउटा सिनका कारण निर्देशक गिरी र नायिका खड्का बिच पानी बाराबारको स्थिती आएको हो । राजकुमारीको भुमीकामा रहेकी शशी र सेनापतिको भुमीकामा रहेका आयुष रिजाल बिच जङगलको बाटो हुँदै कतै जाने क्रममा बाटोमा राजकुमारीमा सेक्स डिजायर बढे पछि उनिहरुले सम्बन्ध राख्छन् । यि दुईले प्रेम गर्दाको क्षणमा वगरमा गरेको रोमान्सको सिनले अहिले तनाव पैदा गरेको छ । चलचित्रमा करिव २ मिनेट लामो यो दृश्य समाबेस गरिएको भन्दै शशीले आपत्ती जनाएकी छिन् । ‘यस्तो दृश्य सिनेमामा हेर्दा मेरो परिवारले के भन्छ अनि मलाई कसले विहे गर्छ ? ‘उनले भनिन् ।
उक्त सिनका कारणले आफ्नो जिवनमा नराम्रो असर पार्ने भन्दै शशीले हटाउन आग्रह गर्दा निर्देशक गिरीले सिन हटाउन नमाने पछि उनिहरु विच विवाद भएको हो । शशीले त्यो सिन चलचित्रबाट नहटाईए जस्तो सुकै एक्सन लिन सक्ने चेतावनी दिएकी छिन् । सम्पादनको बेला मेरो ईच्छा अनुसार त्यो सिन राख्ने भन्ने सहमतिमा मैले त्यो दृष्य दिएकी थिएँ अहिले मैले त्यो सिन नराख्न आग्रह गर्दा उहाँले मान्नु भएको छैन । उनले राजु गिरीले आफुलाई झुक्काएको आरोप पनि लगाएकी छिन् ।
निर्देशक गिरीले भने स्कृप्टमै उक्त दृश्य भएको र एग्रीमेन्ट गर्ने बेलामा नै शशीलाई यस्तो दृष्य छ भनेर जानकारी दिएको र सिनेमा खेल्न शशीले सहमति जनाए पछि ६० हजारमा एग्रीमेन्ट गरी छायाङकन गरेकाले उक्त सिन कुनै हालतमा नहटाउने बताए । गिरी भन्छन्, “यस्तो सिन छ भनेर मैले एग्रीमेन्ट गर्न भन्दा पहिला नै जानकारी दिएको थिएँ र उहाँले हुन्छ गर्छु भने पछि मैले ६० हजारमा उहाँलाई लिएकाले त्यै अनुसार सुटिङ पनि गराएको हुँ । तर अहिले आएर उहाँले त्यो सिन हटाउन भन्दै मेरो विरुद्ध मुद्धा हाल्नु भएको छ । बरु म मर्छु तर मैले कुनै पनि हालतमा त्यो सिन हटाउँदिन ।”
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved