Headlines News :
Home » » डियर ओबामा, तपाई मेरो स्थानमा भए के गर्नुहुन्थ्यो …

डियर ओबामा, तपाई मेरो स्थानमा भए के गर्नुहुन्थ्यो …

Written By Unknown on Thursday, November 8, 2012 | 9:26 AM


दश बर्षीय बच्चीले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पत्र लेखेर समलिङ्गी विवाहको समर्थन गरेकोमा धन्यवाद लिएका छन् ।
बालिकाको नाम सोफिया हो र उनी एक समलिङ्गी जोडीका छोरी हुन् । ओबामालाई साथी सम्वोधन गरेर लेखिएको पत्रमा उनले लेखेकी छिन्-’म त्यही साथी हुँ, जसलाई तपाईले डिनरका लागि बोलाउनु भएको थियो ।’ चिठ्ठीमा अगाडी लेखिएको छ-’सायद तपाईलाई याद नहुन पनि सक्छ । तर केही छैन । दुई पुरुष एक आपसमा प्रेम गर्न सक्नेमा तपाईले जनाउनु भएको सहमतिले म धेरै खुसी छु ।’
उनी अघि लेख्छिन्-’मेरा दुई बुबा हुनुहुन्छ र उहाँहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ । तर, स्कुलमा साथीहरु यसलाई राम्रो मान्दैनन्, जसले मेरो भावनामा चोट पुर्‍याउँछ ।’ ओबामाले जवाफी दिने अपेक्षासहित लेखिएको पत्रमा सोफियाले खेलेकी छिन्-’म तपाईलाई पत्र लेखिएको छु, किनकी तपाई मेरो हिरो हुनुहुन्छ । यदि तपाई मेरो स्थानमा हुनुहुन्थ्यो र तपाईको दुई बाबु हुन्थे र स्कुलमा साथीहरुले जिस्क्याउँथे भने तपाई के गर्नुहुन्थ्यो ? ‘
हफिंगटन पोष्टका अनुसार जवाफमा ओबामाले सोफियाको राष्ट्रपति हुनुमा आफूलाई गर्व रहेको बताउनु भएको छ । ओबामाले पत्रमा लेखेका छन्-तपाई अरुबाट जस्तो व्यवहारको अपक्षा गर्नुहुन्छ, त्यस्तै ब्यवहार गर्नुहुन्छ । स्कुलमा तिम्रा साथीहरु भावनामा चोट पुर्‍याउँछन् भने उनीहरुलाई यो नियम सम्झाउ ।’

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved