Headlines News :
Home » » प्रचण्ड र बाबुरामका बीचमा

प्रचण्ड र बाबुरामका बीचमा

Written By Unknown on Thursday, November 8, 2012 | 10:51 PM

प्रचण्ड र बाबुरामका बीचमा लामो समयदेखि वैचारिक र सांगठनिक रूपमा मतभेद रहिआएको छ । चुनवाङ बैठकसम्म आउँदा प्रचण्डले बाबुरामको राजनीतिक कार्यदिशा स्वीकार गर्न पुगे भने बाबुरामले प्रचण्डको सङ्गठनात्मक नेतृत्व स्वीकार गर्न पुगेको छन् । यसरी चुनवाङ् बैठकसम्म प्रचण्डको क. किरणसँग एकता प्रधान र सङ्घर्ष सहायक थियो भने बाबुरामसँग सङ्घर्ष निरपेक्ष र एकता सापेक्ष थियो । चुनवाङपछि प्रचण्डको वैचारिक पतनसँगै बाबुरामसँग एकता प्रधान र क. किरणसँग सङ्घर्ष प्रधान बन्न गएको थियो । संशोधनवादले माक्र्सवादको सोझै विरोध र परित्याग गर्दछ भने नवसंशोधनवादले क्रान्तिकारी नाराभित्रबाट दक्षिणपन्थी यात्रा गर्दछ । प्रचण्ड–बाबुराम मूलतः प्रचण्डले नवसंशोधनवादको नेतृत्व गरेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved