Headlines News :
Home » » म्युजिक नेपालको श्रष्टा सम्मान (फोटो फिचरसहित)

म्युजिक नेपालको श्रष्टा सम्मान (फोटो फिचरसहित)

Written By Unknown on Sunday, November 11, 2012 | 1:46 AM


म्यूजिक नेपालले आफ्नो २९ औ बाषिर्कोत्सवको अवसर पारे विभिन्न श्रष्टाहरुलाई सम्मानीत तथा पुरस्कृत गरेको छ ।
म्युजिक नेपालको कार्यलय पिङ्गलास्थानमा आयोजीत एक कार्यक्रममा विभिन्न श्रष्टाहरुलाइ सम्मानीत गरिएको हो । ‘श्रष्टाको सम्मान गरौ, राष्ट्रलाई समृद्ध बनाउ’ भन्ने मूल मन्त्र बोकेर म्युजिक नेपालले सम्मान कार्यक्रम आयोजना गरेको हो ।
यसैबर्षदेखि सुरु गरिएको श्रष्टा सम्मानबाट गायक, संगीतकार तथा गीतकार सम्मानीत भएका छन् । यसबर्ष सिर्जनशिल संगीत सम्मानबाट गीतकार भावुक, गायक मणिकरत्न र संगीतकार अम्बर गुरुङलाई सम्मानीत गरिएको छ ।
सम्मानीत हुने श्रष्टालाई जनही ५० हजार नगद र ट्रफी प्रदान गरिएको छ । यस्तै लोकपि्रय संगीत पुरस्कारबाट संगीत तथा रचनातर्फ हेमन्त शिशिर पुरस्कृत भएका छन् । यस्तै गायनतर्फ गायिका अञ्जु पन्तलाई पुरस्कृत गरिएको हो । सम्मानीत हुने श्रष्टाहरुलाई २५ हजार नगद र ट्रफी प्रदान गरिएको छ ।
सम्मानीत श्रष्टाहरुलाई गीतकार किरण खरेल, कवि तथा गीतकार रत्नशमशेर थापा, गायक प्रेमध्वज प्रधान र गायिका ज्ञानु राणाले पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायिका अञ्जु पन्त, हेमन्त शिशिर, मदनगोपाल, कुन्ति मोक्तान लगायतले आफ्नो सांगीतीक प्रस्तुती प्रस्तुत गरेका थिए ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved