Headlines News :
Home » » हस्तमैथुन र छिटो वीर्य स्खलन [यौन जिज्ञासा र समाधान ]

हस्तमैथुन र छिटो वीर्य स्खलन [यौन जिज्ञासा र समाधान ]

Written By Unknown on Thursday, November 8, 2012 | 10:25 AM

प्रश्नः म २५ वर्षीय अविवाहित पुरुष हुँ । म पहिले बेडमा प्रेस गरेर दिनमा एक-दुई पटक हस्तमैथुन गर्थें । पछि बिस्तारै छिटो वीर्य र्झन थाल्यो अनि मैले त्यसो गर्न छोडें, तर कहिलेकाहीँ हातले चाहिँ गर्न थालें । एक दिन चलचित्र हेर्दा हेर्दै लिङ्ग आफैं चिलाएर आयो अनि वीर्य बाहिर झर्‍यो । त्यस दिनदेखि यसरी पोल्ने र चिलाउने हुन थाल्यो । सात महिना भयो, मेरो लिङ्गको टुप्पो एकदम पोल्छ र कहिलेकाहीँ चिलाउँछ पनि । कहिलेकाहीँ स्वप्नदोष भयो भने अझ बढी पोल्ने-चिलाउने हुन्छ । मैले धेरै डाक्टरलाई देखाएँ र सरुवा रोग हो कि भनेर चेक पनि गराइसकें अनि पिसाब, रगत पनि जचाएँ । सबै रिपोर्ट राम्रो छ । के मैले यो समयमा विवाह गरें भने वैवाहिक जीवनमा केही समस्या हुन्छ ? —ना.
उत्तरः हस्तमैथुन र छिटो वीर्य स्खलन आफ्नो यौनअङ्ग आफैंले चलाएर यौन आनन्द लिने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यसमा विविधता हुन्छ । बुझ्नुपर्ने कुरा के हो भने अर्को व्यक्तिसँगको यौनसम्पर्क होस् वा हस्तमैथुन होस्, मानव यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ । यौन उत्तेजनालाई निरन्तरता दिन सके एक स्थितिमा पुगेर व्यक्तिले चरमसुख प्राप्त गर्छ र त्यसै बेला उसको वीर्य स्खलन पनि हुन्छ । हस्तमैथुन गर्ने क्रममा व्यक्तिले कसरी सजिलोसँग यौन उत्तेजनालाई निरन्तरता दिँदै चरमसुखको स्थितिसम्म पुग्ने भन्ने कुरा सिक्छ र छोटो समयमै त्यो असीम सुख प्राप्त गर्न सक्ने हुन्छ । प्रकृतिको यही पुरस्कारलाई पुनः प्राप्त गर्न लालायित हुन्छ र त्यसलाई दोहर्‍याउँछ । लि· किन पोलेको होला ? कतिपय स्थितिमा यौनाङ्गमा चिलाउने र पोल्ने दुवै हुनसक्छ । यौनाङ्ग चिलाउनुको कारण छालाको fungal सिंक्रमण हुन सक्छ । चिलाएपछि तपाईंले धेरै कन्याउँदा छाला नै पाच्छिएको स्थितिमा पोल्न पनि सक्छ । धेरै पसिना आई बढी ओसिलो हँुदा वा गर्मीले यस किसिमको संक्रमणलाई बढावा दिन्छ । नाइलन वा पोलिस्टरका भित्री पहिरन सुती कपडाको तुलनामा यस किसिमका समस्या बढाउने कारण हुन सक्छन् । अचेल यस किसिमको संक्रमणका लागि निकै प्रभावकारी मल्हमहरू उपलब्ध छन् । त्यसैगरी कुनै कुराप्रति एलर्जी भएको छ भने पनि यस्तो समस्या देखा पर्न सक्छ, अर्थात् पोल्ने र चिलाउने हुनसक्छ । यस्तो किसिमको एलर्जी यदि कुनै रसायन, कपडा वा अन्य कुनै पनि वस्तु प्रयोग गर्दा पनि हुन सक्छ । कहिलेकाहीं कुनै कीराको टोकाइबाट पनि यस्तो समस्या सुरु वात भएको हुन सक्छ । यौनरोग वा अन्य संक्रमण यसका कारण हुनसक्छन् । तपाईंको पत्रमा लेखिएकै आधारमा यो रोगले सताएको हो भन्न अलि गाहै्र छ, किनभने पत्रमा तपाईंको अवस्थाका सम्बन्धमा पर्याप्त जानकारी छैन । यहाँ चर्चा गरिएका कारणहरूबाहेक यस्ता अवस्था गराउने अन्य कारण पनि भएकाले ठीक निदानका लागि चर्मरोग विशेषज्ञबाट जँचाई औषधोपचार गराउनु आवश्यक हुन्छ । लिङ्गको टुप्पा पो ल्ने कारणमा माथिकै कारण हुनसक्ने भए पनि मूत्रप्रणालीसम्बन्धी खराबी पनि त्यसको कारण हुनसक्छ, जुन कुरामा मूत्ररोग विशेषज्ञले मद्दत गर्न सक्छन् । तपाईंले वीर्य स्खलनपछि बढी पोल्ने कुरा गर्नुभएको छ । विशेष गरेर यस्तो स्थिति पौरुष ग्रन्थि अर्थात् प्रोस्टेट ग्रन्थिको शोथ वा संक्रमणका कारणले हुनसक्छ । वीर्यमा मुख्यतः यही ग्रन्थिबाट आउने रस हुन्छ । वीर्य स्खलन हुँदा वीर्यथैलीबाट आएको र यस ग्रन्थिको रस बाहिर निस्कन्छ । तपाईं वीर्य स्खलन हुँदा खुला रूपमा आउन दिनु हुन्छ कि कट्टु वा पहिरन बिग्रन्छ भनेर थिचेर रोक्नुहुन्छ भन्ने कुरा थाहा भएको भए जवाफ दिन सजिलो हुने थियो । पिसाबको परीक्षण गर्दा मूत्रप्रणाली तथा त्यससम्बन्धी केही खराबी छ-छैन पत्ता लगाउन सहयोग हुन्छ । वीर्य स्खलनपछि राम्रोसँग नपखालिएको स्थितिमा ागलनब सिंक्रमणलाई बढावा मिल्छ । विशेष गरेर यदि तपाईं तुरुन्तै बिउँझेर त्यसलाई सफा गर्ने स्थिति नभएको सन्दर्भमा यस्तो स्थिति रहने भएकाले समस्या बढी देखिएको हो कि ? केटी देख्नासाथ किन बढी उत्तेजना आउँछ ? तपाईंलाई पक्कै पनि थाहा होला, यौन उत्तेजना विभिन्न इन्द्रियका माध्यमबाट प्राप्त हुन्छ, जसमा दृष्टि एउटा महत्वपूर्ण स्रोत हो । अन्य कतिपय प्राणीको तुलनामा हाम्रो दृष्टि यौनका सन्दर्भमा तीक्ष्ण छ । हामी कुनै पनि यौन उत्तेजक कुरा हेरेकै भरमा उत्तेजित हुन सक्छौं । मानवलाई स्वाभाविक रूपमा विपरीत लिङ्गी व्यक्ति देख्दा यौन आकर्षण हुनसक्छ । तपाईंले भन्नुभएजस्तै कुनै युवती कामाकर्षक लाग्नु र उत्ते जित हुनु एक किसिमले प्राकृतिक कुरा हो । त्यसमा पनि अर्धनग्न वा नग्नयुवती देख्दा होस् वा त्यस किसिमको चित्र हेर्दा होस्, यौन उत्तेजित हुनु स्वाभाविक हो । यद्यपि मुख्य कुरा के हो भने यी सबै स्वाभाविक हुँदाहुँदै पनि सामाजिक मूल्या-मान्यता तथा मर्यादाको सीमाभित्र रहेर आफ्नो मनोभावनालाई नियन्त्रित वा प्रस्फुटित गर्नुपर्छ । विवाह गर्दा समस्या आउँदैन ? विवाह समाजमा विद्यमान प्रचलन भएकाले यो सजिलो प्रक्रिया होला जस्तो लाग्न सक्छ, तर यो दुई व्यक्तिको मात्र नभई परिवार तथा सामाजिक सम्बन्धको कुरा हो । विवाह आफैंमा यौनसम्पर्कको अनुमति भएकाले हुनसक्छ यौनेच्छा पूरा गर्ने धेरै कुरालाई त्यसले समाधान गर्न सक्छ, तर यसका साथै अन्य कुरा पनि साथसाथै आउँछन् । सामाजिक तथा आर्थिक रूपमा आत्मनिर्भर हुनु महत्त्वपूर्ण हुन्छ । यदि यो सन्दर्भ पनि तपाईं सक्षम हुनुहुन्छ भने विवाहका लागि अघि बढ्दा खासै समस्या नपर्ला । 
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved