Headlines News :
Home » » काठ तस्कर र वन रक्षकबीच झडप

काठ तस्कर र वन रक्षकबीच झडप

Written By Unknown on Thursday, November 1, 2012 | 11:07 PM


१७ कात्तिक, रौतहट । रौतहटको बिश्रामपुर गाविसको वृन्दावन साझेदारी वनमा काठ तस्कर र वन रक्षकको टोलिबीच झडप भएको छ । आज बिहान पाँच बजेको समयमा सर्लाहीका काठ तस्करहरुले वनबाट काँचो सालको गोलिया काठ कटान गरी लान लागेको सूचनाका आधारमा पुगेको वन रक्षकको टोलीसँग झडप भएको हो ।
वन रक्षक टोलिलाई देखे पछि तस्करहरुले अन्धाधुन्ध गोलि चलाएका थिए । प्रतिकारमा वन रक्षक टोलिले २५ राउण्ड तथा तस्करहरुले १२ राउण्ड गोलि चलाएको वन अधिकृत विमल चौधरीले जानकारी दिनुभयो । वन रक्षक टोलिले तस्करहरुलाई घेरा हाल्न थालेपछि गोलि चलाँउदै तस्करहरु सर्लाही तिर भागेका थिए । वन रक्षक टोलिले घटनास्थलबाट १ सय २५ क्यू फिट सालको काठ लोड गरिएको २ वटा टायर गाडा, राँगा तथा रुख काटने औजारहरु बरामद गरेको छ ।
भिडन्तमा कुनै मानवीय क्षति नभएको तथा तस्करहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक ललन कुर्मीले जानकारी दिनुभयो ।

Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved