Headlines News :
Home » » कलेजका केटीलाई ‘फ्रि सेक्स’को अफर

कलेजका केटीलाई ‘फ्रि सेक्स’को अफर

Written By Unknown on Thursday, November 8, 2012 | 9:50 AM


विद्यालय तथा कलेजहरुमा विद्यार्थीको लागि बेलाबेलामा निशुल्क ट्युसनको अफर कतिपय संगठनहरुले ल्याउने गरेको कुरा त सुनिएको हो । तर कहिलेकाहीँ विद्यार्थीहरुका लागि निशुल्क रुपमा सेक्स गर्न पाउने सुविधा उपलब्ध हुन्छ भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर अब यसलाई अनौठो तथा असम्भव मान्नु पर्दैन । जर्मनीको एक कलेजका छात्राहरुको लागि अब आफ्नो इच्छा अनुसार निशुल्क रुपमा सेक्स गर्ने अवसर प्राप्त हुने भएको छ ।
दक्षिण पश्चिमी जर्मनीको म्यानहेम विश्वविद्यालयका छात्राहरुलाई निशुल्क सेक्सको यस्तो अफर प्राप्त भएको हो । कलेजका तीन जना युवक विद्यार्थीहरुले यस्तो अफर ल्याएका हुन् । आफ्ना सहपाठी महिला विद्यार्थीहरुलाई यौन सन्तुष्टी प्रदान गरी उनीहरुको पढाइमा सुधार ल्याउने अभिप्रायले तीन जना तन्नेरीले यस्तो योजना ल्याएका हुन् ।
धेरै किशोरी तथा युवती छात्राहरु यौन इच्छाबाट कुण्ठित हुने गरेको, कतिपय अति यौनेच्छाका कारण गलत बाटोमा लाग्ने गरेको र कतिपयले असुरक्षित यौन व्यवहार अपनाउने गरेकाले उनीहरुले पढाइमा राम्रोसँग मन लगाउन नपाएको भन्दै तीन जना तन्नेरीले केटीहरुलाई स्वस्थ रुपमा यौन मनोरञ्जन दिने प्रस्ताव ल्याएका हुन् । आफुहरुसँग एक रात बिताएर पर्याप्त यौन सन्तुष्टी पाएपछि छात्राहरुमा तनाव घट्ने, यौनइच्छा पूरा हुने र पढाइमा राम्रोसँग मन लगाउन सक्ने उनीहरुको दाबी छ ।
बिब ः लभ नामको समूह गठन गरी छात्राहरुको लागि निशुल्क सेक्सको अवसर प्रदान गर्न जुटेका ती युवाहरुले उक्त कलेजका भित्ताहरुमा आफुहरुको सेवाबारे विज्ञापन समेत गरेका छन् । असल सेक्सबाट असल पढाइ भन्ने आफुहरुको नारा रहेको उनीहरुको भनाइ छ ।
यद्यपि यस्तो यौन अबसरको परियोजना डिजाइन गर्ने नवयुवकहरुले आफ्नो खास नाम सार्वजनिक गरेका छैनन् । तर उनीहरुले आफुहरुको नाम क्रिस्टोफर, ओस्कार र मार्कस रहेको बताएका छन् ।
आफुहरुसँग सेक्स गरेर आनन्द लिन चाहने छात्राहरुलाई इमेल गर्न उनीहरुले आग्रह गरेका छन् । इमले गर्नेहरुसँग आफुहरुले प्रत्यक्ष रुपमा भेट गर्ने र कुराकानी पछि उपयुक्त लागेमा एक रातमा एक जनासँग सेक्स गरेर सन्तुष्टी प्रदान गर्ने उनीहरु बताउँछन् । अहिलेसम्म ८० जना छात्राले आफुहरुलाई सेक्सको प्रस्ताव सहित इमेल गरिसकेको उनीहरुको दाबी छ । तर कहिलेदेखि आफुहरुको यौनसेवा सुरु हुन्छ भन्नेबारेमा भने उनीहरुले केही खुलाएका छैनन् ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved