Headlines News :
Home » » रसिलो चुम्बनमा पुरुषहरुभन्दा महिलाहरु नै अगाडी

रसिलो चुम्बनमा पुरुषहरुभन्दा महिलाहरु नै अगाडी

Written By Unknown on Sunday, November 11, 2012 | 5:20 AM

चुम्बन, यसको परिचयमा भनिए जस्तो मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो । यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका छन् । तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन । धेरै जसो पुरुषहरुले चुम्बनलाई सेक्सको शुरुवात (फोर प्ले) को रुपमा मात्र लिने गरेको पाइएको छ भने महिलाहरुले भने किसलाई पुरुषको जांच गर्ने मध्यमको रुपमा लिने गर्दछन । यो कुरालाई ठिक भए नभएको जांच गर्न गरिएको सर्भेक्षणमा ६६ प्रतिशत महिलाले पहिलो किस खराब भएको कारण केटा परिवर्तन गरेको बताए । पहिलो किस खराब हुनुका कारण सम्बन्धलाइ निरन्तरता नदिने पुरुष पनि अतिनै कम चाहिँ छैनन त्यसरी सम्बन्ध तोड्ने पुरुष महिला भन्दा ७ प्रतिशत मात्र कम, ५९ प्रतिशत रहेछन । महिला बिचारधाराबाट चुम्बनको परिचय

 सामान्यतया प्रेममा परिसके पछि कसैको नजिक बसिरहन मन लाग्ने, उसकै आँखामा डुब्न मन लाग्ने, उसलाई छुन अनि चुम्न मन लाग्ने हुन्छ रे आफुलाई असाध्यै मन परेको मान्छेलाई पाउने चाहना जो कोहीमा पनि हुन्छ अनि उसलाई पाइसके पछी जिन्दगीभर खुशी बनाइराख्ने अठोट पनि पनि गर्न मन लाग्छ । किनकि उसको मुहारमा झल्कने खुशीले नै आफुमा पनि खुसीको संचार भएको महसुश हुन पुग्छ । यसरी प्रेममा पर्दा प्रेमलाई ब्यक्त गर्ने शैली भने केटा र केटी दुवैमा भिन्न भिन्न हुने गर्छ । केटीहरु स्वभाभैले लजालु हुने भएकोले प्रेमको हरेक भूमिका पनि प्रेमीबाट नै पहल होस् भन्ने चाहन्छन । उनीहरु आफ्नो मनको कुरा सहजै ब्यक्त गर्न पनि सक्दैनन् तर पनि मन मनै यस्तो वा त्यस्तो भैदिए भन्ने कल्पनामा भने डुब्ने गर्छन । यो नियम स्वभाभिक रुपमा चुम्बन क्रियामा पनि लागु हुन्छ । चुम्बन भन्ने बित्तिकै हाम्रो आमधारणामा दुइ ओठ अनि जिब्रोको संयोजन हुनुलाई बुझिन्छ ।

 तर केटीहरु विभिन्न मानवीय भावसंगै आफ्नो प्रेमी र आफु बीच विभिन्न चरणका चुबन क्रियाहरु अगाडी बढाइएको मन पराउछन । केटीहरुको लागि आफ्नो पहिलो चुम्बन प्रतिको खुल्दुली पनि उत्तिकै मात्रामा रहेको हुन्छ । पहिलो चुम्बनलाई केटीहरु आफ्नो जीवनकै अविस्मरनिय र बिशेष होस् भन्ने कल्पना समेत गर्छन । अधिकतर केटीहरु आफ्नो प्रेमीबाट गरिने चुम्बनमा माया र आत्मियताका साथै सम्मान पनि मिसिएको होस् भन्ने चाहन्छन । उनीहरुलाइ निधारमा, हातमा , गालामा गरिएको चुम्बनमा त्यो सम्मानको आभास हुने गर्छ । पहिलो भेटमा नै ओठमा चुम्बन गर्न खोज्ने केटाहरु उनीहरुलाई जंगली लाग्छन । यधपी समय क्रम संगै बिस्तारै ओठमा ओठ स्पर्श गराई गरिने चुम्बन पनि उनीहरुलाई प्रिय लाग्दै जान्छ । बास्तबमा चुम्बन माया ब्यक्त गर्ने र फोरप्ले दुइ प्रयोजनको लागि प्रयोग गरिन्छ । अवस्था अनुसार आफुले कस्तो खालको चुम्बन गर्दा आफ्नो प्रेमिकालाई मन पर्छ भन्ने कुरा बिचार पुर्याई सोही अनुसार चुम्बन गर्नु नै कुनै पनि पुरुषको बुद्दिमानी हुन जान्छ । साधारण भेटघाटमा फोरप्लेमा जस्तो चुम्बन गरिदिदा पनि केटीमा नकारात्मक असर पर्न जान्छ| फोरप्ले जस्तो चुम्बन भन्नाले टंगकिसलाइ बुझ्नु पर्छ ।

 म तिमीलाई किस गरौ भनेर सोधेको केटीहरुलाई झन् पटक्कै मन पर्दैन किनकि यो प्रश्नको जवाफ उनीहरुले सहज रुपमा दिन सक्दैनन् । उनीहरुलाई स्विकारौ कि नकारौ भन्ने अफ्टेरो पर्नजान्छ । त्यसैले केटाले नै अवस्था बुझेर आकस्मिक रुपमा चुम्बन गरिदिदा उनीहरुमा आउने स्वाभाविक आश्चर्य अनि त्यस पश्चातको खुसीले उनिहरु त्यो चुम्बनलाई आबिस्मरनिय मान्न पुग्छन । यसलाई उनीहरु आफ्नो ड्रिम किसको रुपमा पनि लिने गर्छन यधपी कतिले मन नगर्दा नगर्दै वा असहमति जनाउदा जनाउदै पनि जबर्जस्ति चुम्बन गर्नुले पनि केटीमा आफ्नो असर नकारात्मक पर्न जान्छ । माथि उल्लिखित बिचारहरु महिलाहरुको स्वभाब कस्तो छ र उ कुन सांस्कृतिक पृष्ठभुमिबाट आएको हो भने कुरामा पनि निर्भर रहन्छ अनि उसलाई कस्तो खाले चुम्बन मन पर्छ भन्ने किटान गर्न सकिन्छ । तर पनि माथि उल्लिखित परिस्थितिहरु साधारण रुपमा आम केटीहरुले कल्पना गरेको पाइएको हुनाले त्यही कुरालाई आधार बनाएर यो लेख लेखिएको हो ।
Share this article :

No comments:

Post a Comment

 
Designed By : Yamn Gurung | |
Copyright © 2011. Khabar Bhitrako Khabar - All Rights Reserved